कर्णालीको मुख्य दुस्मन गरिबी : मुख्यमन्त्री शर्मा « Khabarhub

कर्णालीको मुख्य दुस्मन गरिबी : मुख्यमन्त्री शर्मा


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुस्मन गरिबी रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कर्णालीको गरिबी हटाउनु अहिलेको ठूलो चुनौती रहेको बताए । 

‘हामिले कर्णालीको गरिबीलाई हटाउने योजना बनाएका छौँ, प्रत्येक वर्ष विपन्न गरिब, गरिब घर परिवारका १० हजार युवालाई रोजगार बनाउने योजना बनाएका छौँ, यो योजना हामीले सफल पारेरै छाड्ने छौ’, मुख्यमन्त्री शर्माले भने। 

त्यसका लागि नीति तथा कार्यक्रम निर्माण गरिएको उनले बताए। ‘हामी १० हजार युवालाई रोजगारी दिने कार्यको प्रक्रियामा छौँ, अनुदानमार्फत नभएर बीउपुँजी अन्तरगत युवालाई रकम सहयोग गरेर उनीहरूको आयआर्जनमा सहयोग पुर्‍याउने योजनाका साथ प्रदेश सरकार लागेको छ’, मुख्यमन्त्री शर्माले भने । कर्णाली प्रदेशमा धेरै चुनौती रहेको भए पनि त्यो चुनौतीका माझ पनि सरकारले काम गर्ने उनले बताए । 

राजनीतिक अस्थिरताका कारणले भने सरकारमा बसेर काम गर्न केही समस्या भएको उनले बताए । आफूले तीन पटकसम्म विश्वासको मत लिएको प्रसङ्गलाई जोड्दै नेपालको अस्थिर राजनीतिका कारण पनि सरकारमा रहेर प्रभावकारी काम गर्न नसकेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १२ : ३२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना