इन्द्रजात्राका कारण काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन निषेध | Khabarhub Khabarhub

इन्द्रजात्राका कारण काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन निषेध


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँयेँयाः (इन्द्रजात्रा)को अवधिमा आजदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार आज वसन्तपुर, मरु, चिङ्कमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ । 

यसैगरी भोलि असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेङगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको छ भने असोज १५ गते प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा पनि सवारी निषेध गरिएको जनाइएको छ ।

महानगरले काठमाडौँको वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप हिँडेर सञ्चालन गरिने जनाएको छ ।

 साथै महानगरपालिकाले तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन र त्यसमार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदलयात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पुर्‍याउनसमेत सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  २ : ४१ बजे

दुई नेपाली फिल्मलाई ६ शो, हलमा १२ वटा विदेशी फिल्म

काठमाडौं – प्रदर्शनका हिसाबले असार महिना नेपाली फिल्मका लागि खासै

रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बीमा दाबी

काठमाडौं– रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक

गाजामा राहत माग्नेविरुद्ध निर्मम बन्दै इजरायली सेना : एकै दिन ९३ जना मारिए

गाजा – राहतको लागि लाइनमा बसेकामाथि इजरायली सेनाले आक्रमण गर्दा

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कञ्चनपुरमा सबैभन्दा बढी वर्षा : सतर्कता अपनाउन आग्रह

कञ्चनपुर – पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा धेरै पानी परेको