राजनीतिमा धैर्य र समर्पण आवश्यक छ : महासचिव पोखरेल « Khabarhub

राजनीतिमा धैर्य र समर्पण आवश्यक छ : महासचिव पोखरेल


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य र समर्पण नभए दुर्घटना निम्तिने बताएका छन् । 

नेपालगन्जमा आजदेखि सुरु भएको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सङ्घ नेपालको १२औँ महाधिवेशनको उद्घाटन समारोहमा महासचिव पोखरेलले राजनीतिमा ‘तातै खाऔँ, जल्दै मरौँ’ जस्तो हतार गरे सफलता हासिल नहुने उल्लेख गरे ।

‘राजनीतिमा धैर्य र समर्पण चाहिन्छ, हतार गरे दुर्घटना हुन्छ’, उनले भने, ‘युवापुस्ताले भावनामा बहकिएर होइन, परिस्थितिलाई तथ्य र सत्यका आधारमा विश्लेषण गरेर मात्र समाज परिवर्तनको यात्रामा लाग्नुपर्छ ।’ 

विषयगत ज्ञानसहितको नयाँ पुस्ताले राष्ट्रलाई सही दिशा प्रदान गर्न सक्ने भएकाले सचेत युवाहरू राजनीतिमा अगाडि आउनुपर्नेमा उनले जोड दिए । 

नेकपा (एमाले) युवाका नाममा राजनीति गर्ने पार्टी नभई युवालाई राजनीतिमा जोड्ने पार्टी भएको दाबी गर्दै महासचिव पोखरेलले ११औँ महाधिवेशनबाट एक तिहाइ नयाँ युवा सदस्य निर्वाचित भएको उल्लेख गरे  । 

तीन पुस्ता संयोजनको मान्यतालाई एमालेले व्यवहारमा लागू गरेको उल्लेख गर्दै महासचिव पोखरेलले भने, ‘राष्ट्र निर्माण गर्ने कुरामा निराश हुनुपर्दैन, युवाको भविष्यलाई एमालेले सुरक्षित गरेको छ ।’

उनले राष्ट्रिय वाणिज्य बैंकमा आबद्ध कर्मचारी नेताहरूलाई अहिले सेवा गरी भविष्यमा उद्यमशीलतामा जोडिएर राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गरे । 

महाधिवेशनमा देशभरका आठ सय प्रतिनिधिको सहभागिता रहेको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । रासस

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ६ : २० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको