ट्रयाक खुलेको आठ वर्षपछि सडक स्तरोन्नति सुरु « Khabarhub

ट्रयाक खुलेको आठ वर्षपछि सडक स्तरोन्नति सुरु


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दीको बेनी नगरपालिका–४ सिङगाको ठूलोखोलादेखि डाँडाखेत हुँदै ढोलथान जोड्ने कृषि सडक ट्रयाक निर्माण भएको आठ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ । 

बेनी–दरवाङ सडकखण्ड अन्तर्गत सिङगाको ठूलोखोलादेखि वडा नं ४ र ५ का ग्रामीण बस्ती जोड्ने सिङगा–सिस्नेरी–डाँडाखेत–पुलाचौर–गाजने हुँदै ढोलठान पुग्ने सडकको स्तरोन्नति सुरु गरिएको हो । 

गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक कृषि सडक आयोजना अन्तर्गत सडक स्तरोन्नति सुरु गरिएको वडा नं ४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए । प्रदेश निर्वाचन क्षेत्र–१ का प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीको सिफारिसमा कृषि सडक स्तरोन्नतिमा छनोट भएको यस आयोजनाका लागि रु एक करोड बजेट विनियोजन भएको थियो । 

गत असार २१ मा पूर्वाधार विकास कार्यालय, म्याग्दीसँग ठेक्का सम्झौता गरेको मुक्तिनाथ हाईबे-कालीगण्डकी निर्माण जेभीले सडक मर्मत अघि बढाएको छ । विसं २०७२ मा सडकको ट्रयाक निर्माणले पूर्णता भएको भए पनि यस वर्षदेखि आयोजनाकै रुपमा सडक स्तरोन्नति थालिएको वडा अध्यक्ष खड्काले जानकारी दिए । 

आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी जनशक्ति, मेसिन, उपकरण र निर्माण सामग्रीको परिचालन गरिएको कम्पनीको भनाइ छ । अहिले सिस्नेरी– बाँजगरा क्षेत्रको उकालो र कठिन घुम्तीमा सडक ढलानको काम भइरहेको छ । ठूलो खोला र अँधेरीखोला क्षेत्रमासमेत सडक ढलान गरिनेछ । निर्माण कम्पनीले सडक ढलानको काम गरिरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले जानकारी दिए। 

उनका अनुसार चालु आवमा सडकखण्डको विभिन्न स्थानमा करिब एक सय ६० मिटर सडक ढलान गरिने छ । त्यसैगरी सात सय ४१ घनमिटर ग्याबिन जाली लगाउने र ३९ घनमिटर पक्की पर्खाल निर्माण गरिने छ । यस सडकखण्डका केही स्थानमा गत वर्ष बेनी नगरपालिकाले समेत गौरवको योजनाका रुपमा बजेट विनियोजन गरेर सडक ढलान गरेको थियो । नगरपालिकाले रु ३८ लाख बजेटबाट राजकुलो –कुटीडाँडा–धुविबोट हुँदै पख्रेलटोल जाने बाटोमा करिब ८५ मिटर सडक ढलान गरिएको थियो । 

सडक स्तरोन्नति योजनाको गण्डकी प्रदेशसभा सदस्य भण्डारी, वडाध्यक्ष खड्का लगायतले टोलीले स्थलगत अनुगमन, निरीक्षण र अवलोकन गरेका छन् । योजनाको अनुगमन गर्दै प्रदेशसभा सदस्य भण्डारीले सडक साँघुरो रहेको ठाउँ र घुम्तीमा सडकलाई फराकिलो बनाउन र योजनालाई गुणस्तरीय बनाउन निर्माण व्यवसायी र प्राविधिकलाई निर्देशन दिए । 

उनले सडकको शून्य विन्दुबाट नै सडकलाई फराकिलो बनाउँदै ग्रेड र घुम्तीलाई सुधार गर्दै सडकलाई स्तरोन्नति गर्न आग्रह गर्दै आगामी वर्षसमेत यस योजनामा थप बजेटको लागि पहल गर्ने बताए । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ३ : ०८ बजे

फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाएर दुर्घटना, एसईई दिएर फर्किँदै गरेका तीन विद्यार्थीको जलेर मृत्यु

जलेश्वर (महोत्तरी)- जलेश्वर-बर्दिबास सडकखण्डको बथनाहा गाउँमा मंगलबार दुईवटा मोटरसाइकल एकापसमा

स्वास्थ्य नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता : स्वास्थ्यमन्त्री मेहता 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पदमा कार्यकारी

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट

काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त