ट्रयाक खुलेको आठ वर्षपछि सडक स्तरोन्नति सुरु « Khabarhub

ट्रयाक खुलेको आठ वर्षपछि सडक स्तरोन्नति सुरु


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दीको बेनी नगरपालिका–४ सिङगाको ठूलोखोलादेखि डाँडाखेत हुँदै ढोलथान जोड्ने कृषि सडक ट्रयाक निर्माण भएको आठ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ । 

बेनी–दरवाङ सडकखण्ड अन्तर्गत सिङगाको ठूलोखोलादेखि वडा नं ४ र ५ का ग्रामीण बस्ती जोड्ने सिङगा–सिस्नेरी–डाँडाखेत–पुलाचौर–गाजने हुँदै ढोलठान पुग्ने सडकको स्तरोन्नति सुरु गरिएको हो । 

गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक कृषि सडक आयोजना अन्तर्गत सडक स्तरोन्नति सुरु गरिएको वडा नं ४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए । प्रदेश निर्वाचन क्षेत्र–१ का प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीको सिफारिसमा कृषि सडक स्तरोन्नतिमा छनोट भएको यस आयोजनाका लागि रु एक करोड बजेट विनियोजन भएको थियो । 

गत असार २१ मा पूर्वाधार विकास कार्यालय, म्याग्दीसँग ठेक्का सम्झौता गरेको मुक्तिनाथ हाईबे-कालीगण्डकी निर्माण जेभीले सडक मर्मत अघि बढाएको छ । विसं २०७२ मा सडकको ट्रयाक निर्माणले पूर्णता भएको भए पनि यस वर्षदेखि आयोजनाकै रुपमा सडक स्तरोन्नति थालिएको वडा अध्यक्ष खड्काले जानकारी दिए । 

आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी जनशक्ति, मेसिन, उपकरण र निर्माण सामग्रीको परिचालन गरिएको कम्पनीको भनाइ छ । अहिले सिस्नेरी– बाँजगरा क्षेत्रको उकालो र कठिन घुम्तीमा सडक ढलानको काम भइरहेको छ । ठूलो खोला र अँधेरीखोला क्षेत्रमासमेत सडक ढलान गरिनेछ । निर्माण कम्पनीले सडक ढलानको काम गरिरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले जानकारी दिए। 

उनका अनुसार चालु आवमा सडकखण्डको विभिन्न स्थानमा करिब एक सय ६० मिटर सडक ढलान गरिने छ । त्यसैगरी सात सय ४१ घनमिटर ग्याबिन जाली लगाउने र ३९ घनमिटर पक्की पर्खाल निर्माण गरिने छ । यस सडकखण्डका केही स्थानमा गत वर्ष बेनी नगरपालिकाले समेत गौरवको योजनाका रुपमा बजेट विनियोजन गरेर सडक ढलान गरेको थियो । नगरपालिकाले रु ३८ लाख बजेटबाट राजकुलो –कुटीडाँडा–धुविबोट हुँदै पख्रेलटोल जाने बाटोमा करिब ८५ मिटर सडक ढलान गरिएको थियो । 

सडक स्तरोन्नति योजनाको गण्डकी प्रदेशसभा सदस्य भण्डारी, वडाध्यक्ष खड्का लगायतले टोलीले स्थलगत अनुगमन, निरीक्षण र अवलोकन गरेका छन् । योजनाको अनुगमन गर्दै प्रदेशसभा सदस्य भण्डारीले सडक साँघुरो रहेको ठाउँ र घुम्तीमा सडकलाई फराकिलो बनाउन र योजनालाई गुणस्तरीय बनाउन निर्माण व्यवसायी र प्राविधिकलाई निर्देशन दिए । 

उनले सडकको शून्य विन्दुबाट नै सडकलाई फराकिलो बनाउँदै ग्रेड र घुम्तीलाई सुधार गर्दै सडकलाई स्तरोन्नति गर्न आग्रह गर्दै आगामी वर्षसमेत यस योजनामा थप बजेटको लागि पहल गर्ने बताए । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ३ : ०८ बजे

विश्वप्रकाशको प्रस्ताव- गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाऊँ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहमतिको बिन्दु खोजिएको छ ।

कांग्रेस फुटनजिक पुगेकै हो ? शेखर भन्छन् : फुट्दैन-फुट्दैन, हामी मिलाउँछौँ 

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा संस्थापन पक्षले सानेपामा केन्द्रीय

अन्तिम सहमतिका लागि ८ बुँदा पठाएका छौँ : मधु आचार्य

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले अन्तिम पटक सहमतिका

सरकारी स्वास्थ्य संस्थामा सीजीएएस प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी स्वास्थ्य संस्थालाई सरकारी

मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान सावित, तिलका १० चमत्कारी फाइदा 

जाडो मौसम र हाम्रो परम्परासँग जोडिएको ‘तिल’ को वैज्ञानिक महत्त्व