विकास गर्न शासक इमानदार हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की « Khabarhub

विकास गर्न शासक इमानदार हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकको विकास गर्नका लागि शासक इमानदार हुनुपर्नेमा बताएकी छन् । हिमालय मातृभूमि फाउन्डेसनद्वारा आज आयोजित ‘सुशासन, विकास र समृद्धि लागि राष्ट्रिय अभियान-२०८०’ कार्यक्रममा उनले मुलुकमा सुशासन, विकास र समृद्धिका लागि शासक इमानदार हुनुपर्ने बताइन् ।

‘वर्तमान सरकारको शासनशैली जनतालाई मन परेको छैन, किनभने इमान्दारिता छैन’, उनले भनिन्, ‘सुशासन, विकास र समृद्धिका लागि शासन इमानदार हुनैपर्छ ।’ धेरै बिग्रेको सुधार हुनका लागि समय लाग्ने भएकाले आशावादी हुन आग्रह गर्दै उनले भनिन्, ‘यही देशको माटोको विकास गर्नुपर्छ, अरूको देशमा जानु भनेको हराउनु हो ।’

उनले देशमा भ्रष्टाचारले जरो गाँडेको उल्लेख त्यसको अन्त्यका लागि दबाब समूह जरुरी भएको बताइन् । प्याब्सन कार्यसमिति अध्यक्ष डिके ढुङ्गानाले मुलुकको विकासका लागि राजनीतिक स्थायित्व र सुशासन जरुरी भएको आवश्यकता औँल्याउँदै त्यसका लागि सबैको इमानदारीपूर्वक काम गर्नुपर्ने बताइन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले समाज विकासक्रममा मुलुकको विकासका लागि स्थापना भएको प्रजातन्त्रको अभ्यास गर्नुपर्नेमा जोड दिँदै गलत कामलाई सच्याउँदै राम्रो कामको गर्न सुझाव दिए ।

एनप्याव्सनका सहअध्यक्ष सुवास न्यौपानेले सुशासन, विकास र समृद्धिका लागि सबैमा चिन्ता र चिन्तन हुनुपर्ने धारणा राखे । पूर्वराजदूत महेश दाहालले देश भनेको जनता र जनताको भावना भएको उल्लेख गर्दै देश समृद्ध बनाउन धेरैभन्दा धेरै उद्योगधन्दा खोल्नुपर्नेमा जोड दिए ।

राजनीतिक विश्लेषक मुमाराम खनालले शिक्षाको क्षेत्रमा काम गर्ने व्यक्तिहरूले खाेलेको संस्था भएको हुँदा शिक्षाको सुधारमा लाग्न राजनीति नगर्न सुझाव दिए । पूर्वसचिव शारदाप्रसाद त्रितालले सुशासन कायम गर्न सरकारले नै ध्यान दिनुपर्ने भए पनि सरकार बनाउने र टिकाउनेमा मात्रै ध्यान दिनु दुःखद भएको अनुभव सुनाए ।

अध्यक्ष टीकाराम पुरीले देशलाई माया गर्ने देशभक्त नेपाली मिलेर सुशासन, विकास र समृद्धिका लागि स्थापना गरिएको जानकारी दिए । कार्यक्रममा संस्थाले गर्ने कामका बारेमा अवधारणापत्र सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ५ : २९ बजे

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा

सदनबाट विपिन र अमरेशले घेरे आफ्नै सरकारलाई

काठमाडौं- बारामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई