नेकपा एसले समाजवादी जागरण अभियान सञ्चालन गर्ने « Khabarhub

नेकपा एसले समाजवादी जागरण अभियान सञ्चालन गर्ने


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले असोज १४ गतेदेखि समाजवादी जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

समाजवादीले बिहीबार पार्टी कार्यालय आलोकनगरमा पत्रकार सम्मेलन गर्दै झापाको मेची किनारबाट प्रारम्भ हुने जनअभियान असोज २९ गते महाकालीमा समापन हुने जनाएको हो । अभियानका क्रममा समाजवादी जागरण अभियान को नाममा जनताको घर दैलोमा पुग्ने समाजवादीले जनाएको छ । त्यस्तै सुशासन, विकास र रोजगारीको मागका साथै भ्रष्टाचारको अन्त्य गर्न जनतालाई जागृत गर्नका लागि अभियान गर्न लागिएको नेकपा एकीकृत समाजवादीको भनाइ छ । 

अभियानका क्रममा रूपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे जनतालाई बुझाइने समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जानकारी दिए । पार्टीको धारणाहरू जनतामा पुराउने र जनताको विश्वास हासिल गर्ने गरि अभियानको आयोजना गरिएको उनले बताए । अध्यक्ष नेपालले समानताको धारणा, न्याय, सुशासनको प्रत्याभूति, विकासको अभियान र जनतालाई समृद्ध बनाउने खालको समाजवादको अवधारणा सहित जनतामाझ जाने जिकिर गरे ।

त्यस्तै पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अन्धाधुन्ध मूल्यवृद्धि हुँदा पनि नियन्त्रणमा सरकारको राम्रो प्रयत्न नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउने बताए । शिक्षकहरूको आन्दोलनका विषयमा उनले कतिपय अपुग भएका विषयमा पनि सरकारको ध्यान जानुपर्ने र जायज मागहरू पुरा हुनुपर्ने धारणा राखे । उनले गठबन्धन र समाजवादी मोर्चामा पार्टी रहेको भन्दै मोर्चा स्पष्ट लक्ष्य र आफ्नो कार्यक्रम अघि बढिरहेको जिकिर गरे ।

अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा रोकिएको मोर्चाको सभाका बारेमा शुक्रबार बस्ने माेर्चोको सचिवालय बैठकले टुङ्गो लगाउने बताए । समाजवादीले समाजवादी जागरण अभियानमा सहभागी हुन आह्वान समेत गरेको छ । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ६ : ४९ बजे

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको