नेकपा एसले समाजवादी जागरण अभियान सञ्चालन गर्ने « Khabarhub

नेकपा एसले समाजवादी जागरण अभियान सञ्चालन गर्ने


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले असोज १४ गतेदेखि समाजवादी जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

समाजवादीले बिहीबार पार्टी कार्यालय आलोकनगरमा पत्रकार सम्मेलन गर्दै झापाको मेची किनारबाट प्रारम्भ हुने जनअभियान असोज २९ गते महाकालीमा समापन हुने जनाएको हो । अभियानका क्रममा समाजवादी जागरण अभियान को नाममा जनताको घर दैलोमा पुग्ने समाजवादीले जनाएको छ । त्यस्तै सुशासन, विकास र रोजगारीको मागका साथै भ्रष्टाचारको अन्त्य गर्न जनतालाई जागृत गर्नका लागि अभियान गर्न लागिएको नेकपा एकीकृत समाजवादीको भनाइ छ । 

अभियानका क्रममा रूपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे जनतालाई बुझाइने समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जानकारी दिए । पार्टीको धारणाहरू जनतामा पुराउने र जनताको विश्वास हासिल गर्ने गरि अभियानको आयोजना गरिएको उनले बताए । अध्यक्ष नेपालले समानताको धारणा, न्याय, सुशासनको प्रत्याभूति, विकासको अभियान र जनतालाई समृद्ध बनाउने खालको समाजवादको अवधारणा सहित जनतामाझ जाने जिकिर गरे ।

त्यस्तै पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अन्धाधुन्ध मूल्यवृद्धि हुँदा पनि नियन्त्रणमा सरकारको राम्रो प्रयत्न नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउने बताए । शिक्षकहरूको आन्दोलनका विषयमा उनले कतिपय अपुग भएका विषयमा पनि सरकारको ध्यान जानुपर्ने र जायज मागहरू पुरा हुनुपर्ने धारणा राखे । उनले गठबन्धन र समाजवादी मोर्चामा पार्टी रहेको भन्दै मोर्चा स्पष्ट लक्ष्य र आफ्नो कार्यक्रम अघि बढिरहेको जिकिर गरे ।

अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा रोकिएको मोर्चाको सभाका बारेमा शुक्रबार बस्ने माेर्चोको सचिवालय बैठकले टुङ्गो लगाउने बताए । समाजवादीले समाजवादी जागरण अभियानमा सहभागी हुन आह्वान समेत गरेको छ । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ६ : ४९ बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन