लिबियाका बाढीपीडितलाई मानवीय सहयोग गर्न राष्ट्रसङ्घको आह्वान « Khabarhub

लिबियाका बाढीपीडितलाई मानवीय सहयोग गर्न राष्ट्रसङ्घको आह्वान


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय निकायहरूले हालैको बाढीबाट अतिप्रभावित पूर्वी लिबियामा मानवीय सहायता अतिआवश्यक भएको जनाउँदै त्यसनिम्ति तत्काल आवश्यक निर्णय गर्न अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरको छ ।

“मानवीय आवश्यकताहरू यति धेरै छन् के माग्ने वा के नमाग्ने भन्ने स्थिति छैन, अस्पताल वा स्वास्थ्य चौकी छैनन्, भएकामा औषधि नै छैन , कतिपय स्वास्थ्य संस्थामा काम गर्ने वातावरण पनि छैन । शुद्ध पानी नै नभएपछि उपचारको कल्पना गर्न सकिदैन” सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता नियोग (युएनएसएमआइएल) का एक जना अधिकारले ७८ स्वास्थ्य सेवा प्रदायक संस्थामध्ये अधिकांशमा काम गर्नसक्ने अवस्था नरहेको बताउँदै भनेका छन् ।

बाढी अतिप्रभावित डेर्ना र अल–जबर अल–अख्दारका केही भागको आवश्यकताको लेखाजोखा गरिएको छ । बाढीबाट विस्थापित धेरैले विद्यालयमा आश्रय लिएका छन् उनीहरूलाई पुनर्वासको व्यवस्था गर्न कठिन भएको छ । विद्यालयमा सधैँ उनीहरूलाई आश्रय दिनसक्ने स्थिति नरहेको तथा पढाइ शुरु हुने बेला भएकोले बाढीबाट विस्थापित भएकाहरूको समस्या तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकतामा उनले जोड दिएका छन् ।

राष्ट्रसङ्घीय निकाय तथा अन्य मानवीय एवं सामाजिक सङ्घसंस्थाले प्रभावित क्षेत्रमा स्वच्छ पेयजल, चिकित्सा सामग्री, साबुनसहितका सरसफाइका सामान, कापीकलम, झोलालगायत विद्यालयलाई चाहिने सरसामान, कम्बल, खाद्य वस्तु र मनोसामाजिक प्राथमिक उपचार सेवा उपलब्ध गराउँदै आएका छन्भने छवटा क्षेत्रीय अस्पताल स्थापनामा पनि मद्दत गरेका छन् ।

गत भदौ २४ गते भूमध्यसागरीय आँधी डेनियलसँगै परेको मुसलधारे वर्षाले दुई वटा नदीका बाँध भत्काउँदा डेर्ना शहरलाई बगाउँदा ११ हजार तीन सय जनाको मृत्यु भएको थियोभने हजारौँ बेपत्ता भएका छन् । पचास हजारभन्दा बढी विस्थापित भएका छन् । बाढीबाट प्रभावित दुई लाख हजार लिबियालीका तत्काल आवश्यकता पूरा गर्न ७४ करोड अमेरिकी डलर आवश्यक परेको युएनएसएमआइएलले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ९ : २५ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँट गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२