नेपाली कांग्रेसले आज चियापान तथा शुभकामना आदानप्रदान गर्दै « Khabarhub

नेपाली कांग्रेसले आज चियापान तथा शुभकामना आदानप्रदान गर्दै


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले आज चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

कांग्रेस पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विजयादशमी, तिहार, नेपाल सम्वत, छठ लगायत पर्वहरूको अवसरमा आज दिउँसो १ देखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको जानकारी दिए ।

चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, पत्रकार, कलाकार, उद्योगपतिलगायतलाई निमन्त्रणा गरिएको छ ।

२०३३ सालमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्ने परम्परा रहँदै आएको छ ।

चियापान कार्यक्रमलाई बिपीको निधनपछि त्यसपछिका पार्टी सभापतिहरुले निरन्तरता दिँदै आएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ६ : ३९ बजे

लमजुङमा एक वृद्ध मृतावस्थामा फेला

लमजुङ– लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल