नेपाली कांग्रेसले आज चियापान तथा शुभकामना आदानप्रदान गर्दै « Khabarhub

नेपाली कांग्रेसले आज चियापान तथा शुभकामना आदानप्रदान गर्दै


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले आज चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

कांग्रेस पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विजयादशमी, तिहार, नेपाल सम्वत, छठ लगायत पर्वहरूको अवसरमा आज दिउँसो १ देखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको जानकारी दिए ।

चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, पत्रकार, कलाकार, उद्योगपतिलगायतलाई निमन्त्रणा गरिएको छ ।

२०३३ सालमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्ने परम्परा रहँदै आएको छ ।

चियापान कार्यक्रमलाई बिपीको निधनपछि त्यसपछिका पार्टी सभापतिहरुले निरन्तरता दिँदै आएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ६ : ३९ बजे

जेन-जी आन्दोलनको उपहास : सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर