फ्रेन्च लिग वान : नाइसद्वारा सेलेरमोन्ट पराजित | Khabarhub Khabarhub

फ्रेन्च लिग वान : नाइसद्वारा सेलेरमोन्ट पराजित


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा नाइसले जित निकालेको छ । गएराति भएको खेलमा सेलेरमोन्टलाई १–० गोलले हराउँदै नाइस विजयी भएको हो ।

नाइसका हेचेमले एक गोल गरेका थिए । खेलको ७४औँ मिनेटमा उनले गरेको गोल नाइसको जितका लागि निर्णायक भएको थियो ।

यो जितसँगै नाइस मोनाकोलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । नाइसले १० खेलबाट २२ अंक बनाएको छ ।

यस्तै, दोस्रो स्थानमा रहेको मोनाकोको ९ खेलबाट २० अंक छ भने समान खेल खेलेको पीएसजी १८ अंकका साथ तेस्रो स्थानमा छ ।

नाइससँग पराजित भएको सेलेरमोन्ट भने पुछारबाट दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ७ : ५४ बजे

कञ्चनपुरकाे एक घरमा आगलागी हुँदा २५ लाखको क्षति

कञ्चनपुर– कञ्चनपुरमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको घरमा आगलागी भएको

संघीय मामिलाका काम ओझेल परे : मन्त्री जोशी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको

नेपाली मिडियाको अवस्था : बढ्दै श्रमशोषण, एक वर्षमा २९ महिला पत्रकारले पेशा छोडे

काठमाडौं-  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस

एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित  गराउनुपर्छ : अध्यक्ष ओली

नवलपरासी– पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका