चाडबाडको अवसरमा म्याग्दीका गाउँगाउँमा मेला र खेलकुद « Khabarhub

चाडबाडको अवसरमा म्याग्दीका गाउँगाउँमा मेला र खेलकुद


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीका ग्रामीण क्षेत्र मेला र खेलकुदमय भएका छन् । दसैँ, तिहारको अवसर पारेर ग्रामीण क्षेत्रमा भलिबल, बास्केटबल, फुटबल, महिला भलिबल, ब्याडमिन्टनलगायतका प्रतियोगिता आयोजना भएका हुन् ।

युवा क्लबले खेलकुदसँगै स्थानीय र राष्ट्रिय कलाकारको गीत, नृत्य प्रस्तुतिको कार्यक्रमले गाउँघर यतिबेला मेलामय भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

रघुगङ्गा गाउँपालिका–१ को बादुक भूमे युवा क्लबले आयोजना गरेको बास्केटबल, पुरुष भलिबल, प्रौढ भलिबल, महिला भलिबल, बाल बास्केटबल र नृत्य प्रतियोगिताका साथै खेलमैदानको शुक्रबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, प्रदेश पूर्वसांसद विनोद केसी र गाउँपालिका अध्यक्ष भण्डारीले उद्घाटन गरे ।

सोही अवसरमा गण्डकी प्रदेश सरकारको दश लाख अनुदान र स्थानीयको श्रमदानमा पुनर्निर्माण भएको बादुक खेलमैदान, सिङ्गापुर प्रहरीमा कार्यरत बादुकका मिथुन शेरपुञ्जाको नेतृत्वमा रु चार लाख २६ हजार चन्दा जुटाएर स्थापना गरिएको बास्केटबलको फाइबर बोर्डको पनि उद्घाटन गरिएको थियो ।

बादुकको बास्केटबल र पुरुष भलिबल प्रतियोगिताका विजेतालाई एक लाख १५ हजार पुरस्कार राखिएको छ । यसैगरी रघुगङ्गा गाउँपालिकाको वडा नम्बर २ भगवतीमा बडादसैँको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशि पनि एक लाखभन्दा बढी छ । मालिका गाउँपालिकाको वडा नम्बर १ निस्कोटमा कात्तिक ६ गते दसैँ मेला सकिएको थियो ।

मालिका–२ रुममा भलिबल र वडा नम्बर ५ को देवीस्थान र वडा नम्बर ६ दरवाङमा फुटबल प्रतियोगिता आयोजना भएको छ । देवीस्थानको फुटबल प्रतियोगिताका विजेतालाई पनि एक लाख राशिको पुरस्कार राखिएको छ ।

सहर बजारबाट दश जोड दुई, क्याम्पस तहमा पढ्ने युवायुवती, विदेशबाट आएका प्रवासी र नेपालकै विभिन्न स्थानमा विविध पेसा र जागिरमा रहेका चाडपर्वको बिदामा खेलकुद प्रतियोगितामा रमाउने गरेका बादुक भूमे युवा क्लबका लोकेन्द्र गर्बुजाले बताए । मेलामा स्थानीय मौलिक गीत र नृत्य प्रस्तुत गर्ने चलन छ । मौलिक सोरठी, मारुनी, पुर्ख्यौली गीतमा नृत्य गर्ने गर्दछन् ।

बादुकको खेलकुद प्रतियोगिता र खेलमैदान उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य गर्बुजा र प्रदेश सांसद भण्डारीले मेला महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताए । 

ग्रामीण क्षेत्रमा आयोजना भएका खेलकुद प्रतियोगिताबाट छानिएका खेलाडीलाई जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर मिलाउने उनीहरूले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ८ : ४६ बजे

इङ्गल्यान्डसँग भारत ४ विकेटले पराजित

काठमाडौँ – जेकब बेथेलको उत्कृष्ट ब्याटिङ र साम करनको घातक

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु