टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, को को परे टिममा ? | Khabarhub Khabarhub

टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, को को परे टिममा ?


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी टी–२० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोट अन्तर्गतको खेलका लागि नेपाली टिमको घोषणा भएको छ। आगामी कात्तिक १३ गतेदेखि सुरु हुने खेलका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज कप्तान रोहित पौडेलको नेतृत्वमा टी–२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो।

घोषित टोलीमा कप्तान रोहितसहित कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन्।

सन्दीप लामिछानेले विश्वकप छनोटको तयारी स्वरूप खेलिएको त्रिदेशीय टी–२० सिरिज नखेले पनि विश्वकप छनोट खेलमा भने समावेश हुन पुगेका छन् । उनले मानशिक तनावको कारण देखाउँदै छनौटको तयारी स्वरुप खेलिएको खेल भने खेलेका थिएनन् ।

छनोट प्रतिस्पर्धामा ८ देश सहभागी हुनेछन् । जसमा समूह ‘ए’ मा नेपाल, मलेसिया, ओमान र सिंगापुर छन् । यस्तै, समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र यूएई रहेका छन् ।

एसिया छनोट खेल कात्तिक १३ गतेदेखि कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछ । क्यानका अनुसार समूह ‘ए’ का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् भने समूह ‘बी’का सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन्।  

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  १० : १७ बजे

म्याग्दीको ओखरबोटमा तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गरिँदै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ ।

वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित

काठमाडौं – दक्षिण अफ्रिकाले जिम्बाबेसँगको टेस्ट खेलमा ३२८ रनको जित

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा