टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, को को परे टिममा ? « Khabarhub

टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, को को परे टिममा ?


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी टी–२० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोट अन्तर्गतको खेलका लागि नेपाली टिमको घोषणा भएको छ। आगामी कात्तिक १३ गतेदेखि सुरु हुने खेलका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज कप्तान रोहित पौडेलको नेतृत्वमा टी–२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो।

घोषित टोलीमा कप्तान रोहितसहित कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन्।

सन्दीप लामिछानेले विश्वकप छनोटको तयारी स्वरूप खेलिएको त्रिदेशीय टी–२० सिरिज नखेले पनि विश्वकप छनोट खेलमा भने समावेश हुन पुगेका छन् । उनले मानशिक तनावको कारण देखाउँदै छनौटको तयारी स्वरुप खेलिएको खेल भने खेलेका थिएनन् ।

छनोट प्रतिस्पर्धामा ८ देश सहभागी हुनेछन् । जसमा समूह ‘ए’ मा नेपाल, मलेसिया, ओमान र सिंगापुर छन् । यस्तै, समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र यूएई रहेका छन् ।

एसिया छनोट खेल कात्तिक १३ गतेदेखि कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछ । क्यानका अनुसार समूह ‘ए’ का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् भने समूह ‘बी’का सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन्।  

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  १० : १७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी