दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा  कोजाग्रत पूर्णिमा कांग्रेसको चियापान कार्यक्रम, परिवर्तन विरोधी प्रवृत्ति निस्तेज पार्छौ : प्रधानमन्त्री, ‘राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन’, राष्ट्रपतिद्वारा नवदुर्गाको विशेष पूजा, बक्यौता महसुल उठाउन लाइन काट्दै प्राधिकरण, टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, पर्यटन प्रवर्द्धन गर्न मेची–महाकाली साइकलयात्रालगायतका समाचारले प्रमुख स्थान पाए ।

 परिवर्तन विरोधी प्रवृत्ति निस्तेज पार्छौ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख राजनीतिक दलहरु एकैठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृत्तिलाई निस्तेज पार्ने बताएका छन् ।

गणतन्त्र, संघीयता धर्म निरपेक्षता लगायतका परिवर्तनका विरुद्ध प्रश्न उठाउने चेष्टा गरिएको उल्लेख गर्दै उनले भने, ‘यो बीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि विगतमा संघर्ष गरेका सबै राजनीतिक दलहरूलाई एकतावद्ध गर्नमा केन्द्रित छ ।’

राष्ट्रसङ्घका महासचिवको भ्रमणबाट अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा थप अभिवृद्धि हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोशीमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि आफूहरूले समर्थन गरेको जानकारी दिए ।

‘राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन’
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताएका छन् ।

कोजाग्रत पूर्णिमा कांग्रेसको चियापान कार्यक्रम
आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले विगतमा झैं यो वर्ष पनि कोजाग्रत पूर्णिमाका अवसरमा आज नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

राष्ट्रपतिद्वारा नवदुर्गाको विशेष पूजा
कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका, प्रसाद ग्रहण गरेका छन् । प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरेका हुन् ।

बक्यौता महसुल उठाउन लाइन काट्दै प्राधिकरण
विद्युत् उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि नेपाल विद्युत् प्राधिकरणले त्यस्ता उपभोक्ताको लाइन काट्ने कार्यलाई तीव्रता दिने भएको छ ।

बन्दीपुरमा चुड्कामा रमाए विदेशी पर्यटक
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा फ्रेन्च पर्यटक मौलिक चुड्कामा छमछमी नाचेका छन् । बन्दीपुर घुम्न आएका विदेशी पर्यटकलाई यहाँका होटल व्यवसायीले शुक्रबार राति चुड्कामा नाच्ने व्यवस्था मिलाएका हुन् ।

दसैँ बिदामा सौराहाका होटल भरिभराउ
दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दसैँअघि सुनसान रहेका होटल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन् । दसैँ सुरु भएपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन् ।

मर्दी पदयात्रामा पर्यटकको घुइँचो
कास्की जिल्लामा अवस्थित विश्व प्रख्यात मर्दी पदयात्रामा जाने पर्यटकको यतिबेला घुइँचो लागेको छ । दसैँअघिदेखि नै यस पदयात्रामा पर्यटकको आगमन बढ्दा होटल तथा रेष्टुरेन्ट भरिभराउ भएका छन् ।

घटस्थापनादेखि आन्तरिक तथा बाह्य पर्यटक आगमन सुरु भएकामा दसैँको टीकाको भोलिपल्टदेखि पर्यटक आगमन ह्वात्तै बढेको व्यवसायीले बताएका छन् ।

टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा
आईसीसी टी–२० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोट अन्तर्गतको खेलका लागि नेपाली टिमको घोषणा भएको छ। आगामी कात्तिक १३ गतेदेखि सुरु हुने खेलका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो ।

पर्यटन प्रवर्द्धन गर्न मेची–महाकाली साइकलयात्रा
पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले आज बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ८ : ५७ बजे

तेस्रो युएसएड यात्रा कोहलपुरमा

बाँके – नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी

राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार : शङ्कर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले

अभिनयमा फर्किंदै तीन अभिनेत्री

काठमाडौं – केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः

बागलुङमा पहिलो पटक भेटियो कालाजार

बागलुङ – बागलुङमा पहिरोपटक कालाजारको संक्रमण पुष्टी भएको छ ।

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

गाजा – इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा सन् २०२३