कञ्चनजङ्घाको काखमा चौँरी रमाउँदा ... | Khabarhub Khabarhub

कञ्चनजङ्घाको काखमा चौँरी रमाउँदा …


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– दसैँ तिहारको समयमा ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दसैँ तिहारको लामो बिदाका समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा कञ्चनजङ्घा क्षेत्र पर्न गएको हो । 

गत साता ईशा लिम्बू ताप्लेजुङको सदरमुकामदेखि कञ्चनजङ्घा क्षेत्र प्रस्थान गरे। प्राकृतिक सुन्दरताको आनन्द लिँदै हिमालको दृश्य अवलोकन गर्नका लागि धरानदेखि कञ्चनजङ्घा क्षेत्र आएका हुन् । स्नातक तहमा अध्ययनरत  उनले भने, ‘दसैँ तिहारका लागि स्कुल बिदाको समयमा यस क्षेत्रमा घुम्न आएको हो । बिदाको समयमा कञ्चनजङ्घा क्षेत्रमा घुम्न आएको हुँ ।’ लिम्बूसँगै धरान, झापा, पाँचथर जिल्लाबाट १६  आन्तरिक पर्यटक कञ्चनजङ्घा क्षेत्रमा रहेको कुम्भर्कण (फक्ताङलुङ) क्षेत्रको अवलोकन गर्नु प्रस्थान गरे । 

शन्तकुमार नेम्बाङले यस वर्षको दसैँ हिमालतिरै बिताए। गत फूलपातीको दिन ताप्लेजुङको सदरमुकामदेखि एक टोली लिएर कञ्चनजङ्घा क्षेत्र प्रवेश गरे। लिम्बूको टोलीले कञ्चनजङ्घा क्षेत्रमा १० दिनसम्म घुमघाम गर्ने योजना बनाएर दसैँको समय परेर पाँचथर जिल्लाबाट कञ्चनजङ्घा क्षेत्र आएका लिम्बूले बताए। ग्रिस्टोन माउन्टेन कम्पनी काठमाडौँबाट १७ जान बाह्य पर्यटक लिएर गाइड धनकुमार राई गत टीकाको दिन कञ्चनजङ्घा प्रवेश गरे। अहिले उनीहरु कञ्चनजङ्घा आधार शिविर क्षेत्रतिर छन्। 

कञ्चनजङ्घा क्षेत्र घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक पहिलो रोजाइमा पर्दै गएको छ । दसैँको समयमा कञ्चनजङ्घा क्षेत्रमा बाह्य पर्यटकको चहलपहल भएको फक्ताङलुङ गाउँपालिका–६ कञ्चनजङ्घा कञ्चनजङ्घा प्रवेशद्वारमा अवस्थित घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताए। विश्वको तेस्रो कञ्चनजङ्घा हिमाल प्रवेशद्वार घुन्सा बस्तीमा पर्यटकको चलहलपहल बढ्दै गएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय घुन्सा चेकपोष्टका पर्यटन सहायक टाँसी तेन्जिङले बताए। 

बाह्य पर्यटकले घुन्सा चेकपोष्टमा अनिवार्य आफ्नो विवरण दर्ता गर्नु पर्दछ । तर आन्तरिक पर्यटकले भने आफ्नो विवरण दर्ता गर्नु पर्दैन, त्यसैले कञ्चनजङ्घा क्षेत्रमा कति आन्तरिक पर्यटकले अवलोकन गरे भन्न तथ्याङ्क अहिलेसम्म कसैसँग छैन । तर प्रत्येक वर्ष कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक पर्यटकको पनि आगमन बढ्दै गएको पर्यटन व्यवसायीको भनाइ छ । 

घुन्सा चेकपोष्टका तथ्याङ्कअनुसार असोजयता अमेरिका, क्यानडा, कोरिया, जापान, फ्रान्स, जर्मनी, अस्टेलियालगायतका देशबाट तीन सय ५० जना बाह्य पर्यटक कञ्चनजङ्घा क्षेत्रमा अवलोकन गर्न पुगेका छन् । असोज , कात्तिक र मङ्सिर गरी तीन महिना यस क्षेत्रमा पर्यटक आउने गर्दछन् । विश्वको अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्रमा अवलोकन गर्न आउने बाह्य पर्यटकको चहलपहल सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित भएको उनले बताए ।

 मौसम खुलेपछि कञ्चनजङ्घा हिमशृङ्खला टाढैबाट मनमोहक देखिन थालेको छ । बेसक्याम्प क्षेत्र झनै सुन्दर छ । हिमाली क्षेत्रको पदयात्रा गर्ने याम सुरु भएसँगै यो क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कोरोनाको प्रकोप हुनुपूर्व बाह्य र आन्तरिक पर्यटकको सङ्ख्यामा हरेक वर्ष बढोत्तरी हुँदै गएको थियो । कोरोनाकालका केही वर्षपछि यो याममा ठूलो सङ्ख्यामा पर्यटक आइपुग्ने अपेक्षा गरिएको घुन्साका पर्यटन व्यावसायी पेमा शेर्पा बताउँछन् ।

विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घासँगै अन्य हिमशृङ्खला, हिमाली जनजीवन, यहाँको प्राकृतिक सौन्दर्य मनोरम छ । सुन्दर र उपयुक्त गन्तव्य हुँदाहुँदै पनि कम प्राथमिकतामा परेको कञ्चनजङ्घा अबको महत्वपूर्ण गन्तव्य हुने देखिन्छ । ‘घुम्न आउने सिजन सुरु भएको छ । कोरोनापछि योपल्ट धेरै पर्यटक आउने अपेक्षा स्थानीयको छ । आन्तरिक र केही विदेशी पर्यटक आउन थाल्नु भएको छ’, घुन्साका पर्यटन व्यवसायी धर्के शेर्पाले भने, ‘करिब १८–१९ दिनमा सर्किट नै पूरा गर्न सकिन्छ । घुम्ने अत्यधिक ठाउँ भएकाले यहाँ आउने पर्यटक निकै रमाउँछन् । हामी स्वागत गर्न आतुर छौँ ।’

पदयात्राका लागि यो क्षेत्र निकै महवत्पूर्ण र रोचक रहेको छ । कञ्चनजङ्घाका उत्तरी र दक्षिणी बेसक्याम्प, फक्ताङ्लुङ हिमाल यहाँको अत्यन्त महत्वपूर्ण क्षेत्र हो । प्राकृतिक सौन्दर्यता, हिमाली संस्कृतिमा रमाउनका लागि महत्वपूर्ण छ । ‘कञ्चनजङ्घासहित हिमाल, यहाँको हावापानी, ताल, पोखरी, हिमाली जनजीवन मुख्य विशेषता हुन् । यस क्षेत्र जाने पर्यटकलाई लक्षित गरेर पदमार्गलाई व्यवस्थित गरिएको छ । होटल, टि हाउस भएकाले कञ्चनजङ्घा अवलोकन गर्न सहज हुने पर्यटन व्यवसायीको भनाइ छ । यस क्षेत्रमा सडक निकै टाढा भएकाले टे«किङ गर्न उपयुक्त छ । विदेशीहरुले यही भएर बढी रुचाएका छन् । क्रमशः पर्यटकको वृद्धि हुने अपेक्षा कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद्ले राखेको छ ।

बस्नका लागि होटल सुविधा रहेको छ । आन्तरिक पर्यटकका लागि पनि महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताउँछन् ट्रेकिङ गाइड फुङ्सो जवेगु । आन्तरिक पर्यटकलाई घुमाउन पटकपटक पुगेका उनी धेरै सम्भावना भए पनि केही ओझेलमा यो क्षेत्र रहेको छ ।

कञ्चनजङ्घा क्षेत्रमातर्फ उत्तरी र दक्षिणी बेसक्याम्प रहेका छन् । उत्तरतर्फ र दक्षिणतर्फ मात्र पुगेर फर्किन्छन् भने कोही सेसेले पास गरेर सर्किट गर्छन् । आठ हजार पाँच सय ८६ मिटरको हिमालको बेसक्याम्प क्षेत्र घुम्न उत्तिकै रोचक, रमाइलो, उत्सासप्रद हुन्छ । उत्तरतर्फ पाङपेमा र दक्षिण तर्फ ओक्ताङ बेस क्याम्प रहेको छ । घुन्साचेराम भन्ने ठाँउ जोड्ने सेलेले पास छ । 

यहि पास गरेर दुवै बेसक्याम्प क्षेत्र घुम्न सकिन्छ । ताप्लेजुङ सदरमुकामबाट सेकाथुमसम्म गाडीमा गएर उत्तर तर्फ यात्रा गर्न सकिन्छ । दक्षिणतर्फ याम्फूदिनसम्म गाडी पुगेको छ । यहाँबाट पदयात्रा गर्न सकिन्छ । दुवै वटा बेसक्याम्प उत्तिकै आर्कषक छन् । उत्तरतर्फ लिम्बू समुदायको पवित्र धार्मिकस्थलका रुपमा मानेको फक्ताङ्लुङ (कुम्भकर्ण) हिमाल पर्छ । हेर्दा निकै आकर्षक देखिने यो हिमालको महत्व निकै रहेको पाइन्छ ।

काठमाडौँदेखि टाढापर्ने, ताप्लेजुङको सुकेटारको विमानस्थलको भर नपर्ने हुँदा कम पर्यटक आएका हुन सक्छन् । कञ्चनजङ्घा हिमालका साथमा अन्य हिमशृङ्खला रहेका छन् । कञ्चजनजङ्घा मध्य, कञ्चनजङ्घा दक्षिण, फक्ताङ्लुङ, यलुङ्काङ, काङवाचेन, किरात चुली, जोङसाङ, काब्रु, गिमीगेला, डोमा, पाथीभाराजस्ता हिमालहरु रहेका छन् । 

साझमा ठाँउठाँउमा हिमाल पोखरीमा टल्किन्छ । कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमाल हेर्नलाई अति सुन्दर छन् । बिहानदेखि साझसम्मका हिमालका बदलिरहने हिमालका दृष्य लोभलाग्दा छन् । बाटोभरि हिमाली संस्कृति, रहनसहन देखिन्छ । हिमालको काखमा चौँरी रमाएका देखिन्छन् । हिमाललाई पृष्ठभूमि बनाएर चौँरीको तस्विर खिच्ने उत्तिकै देखिन्छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ७ : ५३ बजे

क्यानडा–११ विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’

काठमाडौँ– क्यानडा–११ विरुद्ध एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ ले

हल गोरु पाल्ने किसानलाई पाँच हजार अनुदान

स्याङ्जा– स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान

बग्गी अगाडि, घोडा पछाडि

स्वर्गको एक भव्य रेष्टुराँमा एकदिन विचित्रको घट्ना घट्यो। त्यसदिन रेष्टुराँको

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा

तनहुँ– बन्दीपुर गाउँपालिका–४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई

भ्रमण वर्ष सफल पार्न पर्यटन बोर्ड र महानगरबीच सम्झौता

भरतपुर– नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष