शरीरमा देखिने निलो डाम के हो ? « Khabarhub

शरीरमा देखिने निलो डाम के हो ?


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.8k
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहीँ राति राम्रै सुतेको बेलामा बिहान उठ्दा शरीरमा कालो वा गाढा निलो डाम देखिने गर्छ । यो कसरी हुन्छ भन्ने सबैलाई आश्चर्य लाग्न सक्छ ।

साधारणतया यस्तो डामलाई ‘बोक्सी’ले टोकेको भन्ने परम्परागत विश्वास रहेको पाइन्छ । तर, विशेषज्ञहरू भने शरीरमा देखिने यस्ता दाग वा निल डाम आन्तरिक रक्तस्रावका कारण हुने बताउँछन् ।

शरीरको छालको कुनै भागमा चोट लाग्दा रक्त नलिमा क्षति पुग्न जान्छ । जसका कारण सम्बन्धित ठाउँमा रगत जमेर छालामा निलो डाम देखिने गर्छ ।

यस्तो डाम आन्तरिक रक्तस्रावका कारण हुने चिकित्सकहरू बताउँछन् । आन्तरिक रक्तस्राव हुने कारण शरीरमा प्लेटलेट्सका कारण हुने गर्दछ ।

एउटा स्वस्थ व्यक्तिको शरीरमा डेढ लाख देखि ४ लाखको हाराहारीमा प्लेटलेट्स हुने गर्दछ । यदि कुनै व्यक्तिको शरीरमा प्लेटलेट्को संख्या ४० हजार भन्दा कम रहेको अवस्थामा उक्त व्यक्तिमा गम्भीर समस्या उत्पन्न हुने खतरा बढेर जाने गर्दछ ।

विशेष गरी, ३० हजार भन्दा कमको सङ्ख्यामा प्लेटलेट्स हुने व्यक्तिलाई हात, खुट्टाका साथै मस्तिष्क, पेट लगायतको भागबाट समेत आन्तरिक रक्तस्राव हुने सम्भावना अधिक हुने गर्दछ । यस्ता व्यक्तिलाई औषधीद्वारा प्लेटलेट्स बढाउने वा प्लेटलेट्स चढाउन सकिन्छ ।

यस्तो समस्याबाट बच्न  शरीरमा चोटपटक लाग्न नदिने, धारिलो हतियारको प्रयोग नगर्ने लगायत विशेष सावधानी अपनाउन जरुरी छ । 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : ०९ बजे

प्रदेश सरकार बनाउन तीन दलको तानातान, प्रचण्ड निर्णायक, ओलीमाथि सबै सशंकित

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको एउटा

विगत दश वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भए : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगत १० वर्षमा सत्ता

हङकङबाट देउवाको ५ बुँदे व्याख्या : सरकारप्रति आक्रमक, प्रतिपक्षी दलहरू एक ठाउँ उभिनुपर्ने जिकिर

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले हङकबाट राजनीतिक सन्देश जारी

शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने निर्णय स्वागतयोग्य : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चालु आर्थिक वर्षदेखि शिक्षा र

ब्याटिङमा नेपाल फेरि फितलो, नामिबियालाई १५८ रनको सामान्य चुनौती

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत श्रृंखलाको पहिलो खेलमा