रास्वपा केन्द्रीय समिति बैठकमा आज सभापतिले राजनीतिक प्रतिवेदन पेस गर्ने « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठकमा आज सभापतिले राजनीतिक प्रतिवेदन पेस गर्ने


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज पनि बस्दै छ । 

महोत्तरीको जलेश्वरमा हिजो दिउँसोबाट सुरु भएको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि जारी रहेको हो । 

आजको बैठकमा सभापति रवि लामिछानेले पार्टीको राजनीति प्रतिवेदन पेस गर्ने छन् । 

हिजोको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत भएका छन् । यस्तै सांसदहरुले रिपोर्ट प्रस्तुत गरेका थिए ।

भोलिसम्म चल्ने बैठकमा पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल हुनेछ । बैठकले वैचारिक, राजनीतिक विषयमा महत्वपूर्ण निर्णय लिने नेताहरूको भनाइ छ ।

बैठकमा रास्वपामा पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य र २१ संसाद तथा पार्टीका प्रदेश सभापतिहरूको सहभागिता रहेको छ । 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : ५६ बजे

आईसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औँ स्थानमा

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व

ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी

एथेन्स- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक क्षेत्र वा व्यापारिक मार्गमा

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा