रास्वपा केन्द्रीय समिति बैठकमा आज सभापतिले राजनीतिक प्रतिवेदन पेस गर्ने « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठकमा आज सभापतिले राजनीतिक प्रतिवेदन पेस गर्ने


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज पनि बस्दै छ । 

महोत्तरीको जलेश्वरमा हिजो दिउँसोबाट सुरु भएको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि जारी रहेको हो । 

आजको बैठकमा सभापति रवि लामिछानेले पार्टीको राजनीति प्रतिवेदन पेस गर्ने छन् । 

हिजोको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत भएका छन् । यस्तै सांसदहरुले रिपोर्ट प्रस्तुत गरेका थिए ।

भोलिसम्म चल्ने बैठकमा पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल हुनेछ । बैठकले वैचारिक, राजनीतिक विषयमा महत्वपूर्ण निर्णय लिने नेताहरूको भनाइ छ ।

बैठकमा रास्वपामा पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य र २१ संसाद तथा पार्टीका प्रदेश सभापतिहरूको सहभागिता रहेको छ । 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : ५६ बजे

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ