स्पेनिस ला लिगा : जिरोना र बिल्वाओको बराबरी | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : जिरोना र बिल्वाओको बराबरी


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा जिरोनाबिल्वाओले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी गरेका हुन् ।

जिरोनाका लागि भिक्टर सिहानकोभले एक गोल गरेका थिए भने एथलेटिक क्लब बिल्वाओका इनाकी विलियम्सले एक गोल फर्काएका थियो । 

खेलको ५५ औं मिनेटमा सुरुवाती अग्रता लिएको जिरोना ६७औँ मिनेटमा बिल्वाओले फर्काएको गोलसँगै बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

यो बराबरीसँगै जिरोनाको १४ खेलबाट ३५ अंक भएको छ भने २५ अंकसहित बिल्वाओ पाँचौँ स्थानमा छ । यस्तै, ३५ अंक भएको रियल मड्रिड गोल अन्तरका आधारमा शीर्षस्थानमा छ ।   

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ८ : २५ बजे

लोडसेडिङमा विभेद भयो, विद्युत चोर्नु अपराध

विद्युत उत्पादनतर्फ हाम्रो देशले उल्लेख्यनीय उपलब्धी हासिल गरेको छ ।

पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला

सिरहा– सिरहाको गोलबजारमा खेतमा जमेको पानीमा डुबेको अवस्थामा एक पुरुषको

फिल्म ‘लाज शरणम्’मा ‘सक्किगोनी’ टिमका कक्रोच किन अटाएनन् ?

काठमाडौं– टेलिसिरियल ‘सक्किगोनी’ टिमले फिल्म ‘लाज शरणम्’ घोषणा गरेको छ

नक्कली नोटसहित एक जना पक्राउ

बारा–  सिम्रौनगढ नगरपालिका-२ महुवाहीस्थित सडकबाट नेपाली एक हजार दरका ८५

सम्झनाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले यूएईलाई हरायो

काठमाडौं– नेपालले जारी महिला एसिया कपमा नेपालले विजयी शुरुवात गरेको