धुलिखेलस्थित एक घरमा आगलागी, ९ लाखको क्षति « Khabarhub

धुलिखेलस्थित एक घरमा आगलागी, ९ लाखको क्षति


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको धुलिखेलस्थित एक घरमा आगलागी भएको छ । धुलिखेल नगरपालिका–११ बाँनियाछापस्थित बलराम धिमालको घरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार ढुंगामाटोले बनेको तीनतले घरमा आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १० : २९ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर