भुटानी शरणार्थी प्रकरण : पुनरावलोकन निवेदनमा आज टोपबहादुरका वकिलले बहस गर्दै « Khabarhub

भुटानी शरणार्थी प्रकरण : पुनरावलोकन निवेदनमा आज टोपबहादुरका वकिलले बहस गर्दै


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा आज पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका कानुन व्यवसायीले बहस गर्दैछन् ।

काठमाडौँ जिल्ला अदालतले सुनाएको आदेशविरुद्ध गत मंगलबारदेखि उच्च अदालत पाटनमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा जारी सुनुवाइमा निवेदकतर्फका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।

हिजो पूर्वगृहमन्त्री बालकृष्ण खाँणका कानुन व्यवसायीले बहस सकेपछि आज पूर्वउपप्रधानमन्त्री रायमाझीका कानुन व्यवसायीले बहस थालेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले गत असार १ गते थुनछेक आदेश सुनाउँदै रायमाझीसहित १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। प्रतिवादीमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी अभियोग छ ।

ठगी प्रकरणका अभियुक्त सबैले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा गत साउन १२ गते  पुनरावेदन निवेदन दिएका थिए।

राज्य संयन्त्रको साख र शक्ति उपयोग गर्दै सर्वसाधारणलाई नक्कली भुटानी शरणार्थी बनाउने तथा त्यही आधारमा अमेरिका पठाइदिने भनेर गृह मन्त्रालय मातहतबाट अघि बढेको यो गिरोहमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई दोषी ठहर भएका छन् ।

यस्तै, नरेन्द्र केसी, रामशरण केसी, पूर्वसांसद आङटावा शेर्पा, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, मोरङका केशवप्रसाद दुलाल, ललितपुरका सानु भण्डारी, दाङका सन्देश शर्मा, मोरङका सागर राई, अर्घाखाँचीका शमशेर मियाँ र शरणार्थी नेता टेकनाथ रिजाल यस प्रकरणमा संलग्न देखिएका छन् ।

यो गिरोहमा जोडिएका डा. इन्द्रजितका छोरा प्रतीक थापा, रामबहादुर थापाका छोरा प्रतीकसहित १५ जना आरोपी अझै फरारकाे सूचीमा छन् ।   

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ११ : ४३ बजे

सय नाघेकाहरूले गरे मतदान, भन्छन् : अब देश बनोस्

काठमाडौं– देशभरका विभिन्न स्थानबाट १०० वर्ष नाघेकाहरूले समेत मतदान गरेका

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णाली– प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी– आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट– जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

सुदूरपश्चिममा– प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८