‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा « Khabarhub

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

पोखरा रङ्गशालामा आजको दोस्रो खेलमा विभागीय टोली नेपाल आर्मी विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो लागेको हो । भिम सार्की र सन्तोष कार्कीको अर्धशतकीय पारिमा आर्मीले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेर अन्तिम चारको यात्रा पक्का गरेको हो ।

खेलमा टस जितेर सुरुआती ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८६ रन बनायो । आर्मीका लागि सुरुआती ब्याट्सम्यान कार्की रसार्कीले अर्धसतकीय पारी खेलेका थिए।

बलिङतर्फ कोशी प्रदेशका सर्वण यादवले सर्वाधिक तीन विकेट लिन सफल भए । कमल खत्रीले दुई तथा प्रकाश कार्की र सोनु मण्डलले समान एक÷एक विकेट लिए। जितका लागि एक सय ८७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कोशी प्रदेश १८ दशमलव दुई ओभरमा एक सय ४७ रनमा समेटियो । कोशीका लागि सोनु अन्सरीले सर्वाधिक ४४ रन बनाए । यसैगरी समीर कार्कीले ३४, सुजन थपलियाले २१ र मनिश थापाले १६ रनको योगदान दिए।

यसैगरी आजको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेशले राष्ट्रिय खेलाडीले भरिएको नेपाल पुलिस क्लबलाई चार विकेटले पराजित गरेको थियो । पुलिसले दिएको एक सय ५९ रनको लक्ष्यलाई सुदुरले १८ दशमलव दुई ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो ।

सुदूरले पुलिसलाई अन्तिम खेलमा पराजित गरे पनि सेमिफाइलन पुग्न भने सकेन । नेट रनरेटको आधारमा मधेस प्रदेश सेमिफाइनल पुग्ने भाग्यमानी टोली बन्यो । आर्मी समूह ‘डि’ मा चार अङ्क बटुल्दै शीर्ष स्थानमा रहन सफल भयो ।

यसैगरी समूह ‘ए’ मा चार अङ्क बटुलेको बागमती प्रदेश, समूह ‘बि’ मा दुई अङ्का अङ्कका साथ एपिएफ क्लब र समूह ‘सि’ मा दुई अङ्कका साथ मधेस प्रदेशले अन्तिम चारको यात्रा तय गरेका गरेका हुन् ।

सेमिफाइनलको पहिलो खेल बिहीबार आर्मी र बागमती प्रदेश तथा तथा दोस्रो खेल एपिएफ क्लब र मधेस प्रदेशका बीच हुने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।

यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिता मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १० : २१ बजे

उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री

वर्तमान परिस्थीतिमा ओलीलाई नै पार्टीको अध्यक्षको रुपमा चयन गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं– नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको वर्तमान परिस्थीतिमा केपी

लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक : अध्यक्ष अग्रवाल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी

राष्ट्रियसभा अध्यक्ष दाहालसँग प्रमुख निर्वाचन आयुक्त भण्डारीको भेट

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय

नेपाल पे जारी गर्ने सम्बन्धमा एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकलाई नेपाल पे जारी गर्ने सम्बन्धमा नेपाल