एभर्टनमाथि म्यानचेस्टर सिटी ३–१ गोलले विजयी | Khabarhub Khabarhub

एभर्टनमाथि म्यानचेस्टर सिटी ३–१ गोलले विजयी


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ । आज बिहान सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीले खेलको पहिलो हाफमा १–० गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।

म्यानचेस्टर सिटीका लागि फिल फोडेन, जुलियन अल्भारेज र बेर्नार्डो सिल्भाले एक–एक गोल गरेका थिए । त्यस्तै एभर्टनका लागि ज्याक हारिसनले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको १८ खेलबाट ३७ अंकसहित चौथो स्थानमा उक्लिएको छ । यस्तै, एभर्टन १९ खेलबाट १६ अंकसहित १७औँ स्थानमा छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ७ : ०० बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ