पाँच उपथरका लिम्बूहरु ढुंगालाई साक्षी राखेर एउटै बंशमा आवद्ध | Khabarhub Khabarhub

पाँच उपथरका लिम्बूहरु ढुंगालाई साक्षी राखेर एउटै बंशमा आवद्ध


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

धरान – पाँच दशकसम्म कुटुम्बेरी समेत चलाएका पाँचवटा उपथरका याक्थुङ लिम्बूहरुले एकताको घोषणा गरेका छन् । अब उनीहरु आपसमा बिहेबारी नचल्ने गरी एउटै बंशमा आवद्ध भएका छन् ।

धनकुटाको भेडेटार र ताप्लेजुङको थेचम्बुमा चुम्मालुङ (मिलन ढुङ्गा) गाडेर ढुङ्गोलाई साक्षी राख्दै अबदेखि एउटै बंशको दाजुभाइ भएको उनीहरुले सामुहिक घोषणा गरेका हुन् ।

आफूहरुका पूर्खा एउटै भएको तथ्य र इतिहास फेला पारेपछि चासोक तङ्नामको अवसर पारेर पाँच उपथरी याक्थुङ लिम्बूहरुले मिलन ढुङ्गा गाडेर एकै रक्तको सन्तान भएको घोषणा गरेका हुन् ।

चुम्मालुङ (मिलन ढुङ्गा) गाडेर एकीकृत हुनेहरुमा खिम्दिङ, उसुक, फालेछुवा, मेन्याङ्बो र आङ्बुहाङ थरका लिम्बूहरु छन् ।

चुम्मालुङ (मिलन ढुङ्गा) गाडेर एकीकृत हुनेहरुमा खिम्दिङ, उसुक, फालेछुवा, मेन्याङ्बो र आङ्बुहाङ थरका लिम्बूहरु छन् ।

विभिन्न कालखण्डमा छुटिएर बेग्लै थरले चिनिए पनि अबदेखि भने कुनै पनि बैवाहिक सम्बन्ध नगाँसी एकै बंश भएर आपसी सहयोग गर्ने निर्णय समेत गरिएको तुम्याहाङ मुन्धुविद लक्ष्मण मेन्याङ्बोले बताए ।

उनका अनुसार कुनै कालखण्डमा छुट्टिएर गएका दाजुभाइवीच रक्त सम्बन्ध केलाउँदै एकता भएको याक्थुङ लिम्बू समुदायमा यो पहिलो घटना हो ।

समाजका तर्फबाट खिम्दिङबाट कुमार खिम्दिङ, उसुकबाट यामबहादुर उसुक, फालेछुवाबाट तेजबहाुदर फालेछुवा र मेन्याङ्बोबाट दीपक मेन्याङबोले संयुक्त घोषणा गरेका थिए । चुम्मालुङको अनावरण पूर्वभुमिसुधार मन्त्री रामकुमार मेन्याङ्बो र प्राध्यापक ध्रुबकुमार मेन्याङबोले गरेका थिए ।

उनीहरु सबैका पूर्खा थिन्दोलुङ खो?याहाङ हुन् । स्वदेशी र विदेशी इतिहाकारहरुले प्राचीनकालमा पूर्वमा शासन गर्ने आठ राजा (येत्हाङहरु) र दश राजा (थिबोङ याक्थुङहरु) मध्ये थिन्दोलुङ खोऽयाहाङले याङवरक क्षेत्रमा शासन गरेको उल्लेख गरेका छन् ।

हाल ३२ औं पुस्तामा चलिरहेको थिन्दोलुङ खोऽयाहाङको समय करिव ९ सयबर्ष अघिको मानिएको थिन्दोलुङ खोऽयाहाङ बंशज संघका केन्द्रीय अध्यक्ष दीपक मेन्याङ्बोले बताए । उनले भने, ‘याक्थुङ लिम्बूको बंश रक्त एउटै हो, होइन भनेर थाहा पाउनका लागि मुन्धुमी परम्पराअनुसारको माङ्गेना यक र मिङ्श्रा हुन्छ । यो भनेको एक प्रकारको गोत्रजस्तै हो ।’

मेन्याङ्बोले अगाडि भने, ‘पछिल्लो समयमा हामी पाँच उपथरी लिम्बूहरुको माङ्गेना यक र मिङ्श्रा (उत्पत्ति थलो) एउटै भएको पत्ता लागेपछि थिन्दोलुङ खोऽयाहाङलाई पहिलो पुस्ता (पूर्खा) मानेर बीचमा छुट्टै भएर बसे पनि अहिले एकै भएको घोषणा गरेका हौं ।’

उनका अनुसार थिन्दोलुङ खोऽयाहाङको बंशावलीमा सातौं पुस्ताका देदेहाङका केही सन्तानहरु ताप्लेजुङको नाङखोल्याङ क्षेत्रमा बसोबास गर्दै खिम्दिङ थरमा परिणत भए । दशौं पुस्ताका एरुहाङका सन्तानहरु खोक्लिङ क्षेत्रमा गएपछि उसुक बने ।

बाह्रौं पुस्ताका एरोहाङका केही सन्तान धनकुटाको चौबीसे क्षेत्रमा आएर फालेछुवा थरमा परिणत भए । त्यस्तै तेह्रौं पुस्ताका लाहाङका सन्तान थेचम्बूमा नै राजकाज गरेर बसेकाले उनीहरु मेन्याङबो भए । कान्छा भाइ नामहाङ नेसुम चाँगे क्षेत्रमा गएर आङबुहाङ थरमा परिणत भएको इतिहास छ ।

याक्थुङ लिम्बुहरुको मुन्धुमी परम्पराअनुसार छुट्टिँदा वा सीमाना कायम गर्दा सेम्मालुङ (ढुंगो) गाड्ने र एक हुँदा चुम्मालुङ गाड्ने चलन रहेकाले सोही नीतिलाई पछ्याउँदै थोदिङ्ग ताङसाङ सावारोहाङ हुँदै थिन्दोलुङ खोऽयाहाङपछिको वंश पिँढी खिम्दिङ्ग, उसुक, फालेछुवा, मेन्याङ्बो, आङबुहाुङ एक ठाउँ भएका हुन् । यसका लागि एकै वंशको सन्देश दिन चुम्मालङ स्तम्भ कायम गरेको आङबुहाङ समाजका अध्यक्ष प्रशुराम आङबुहाङले बताए ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, ललितपुर, काठमाडौं, भक्तपुर, हङकङ, बेलायत र अमेरिकालगायत मुलुकमा बसोबास गरिरहेका पाँचै उपथरीका प्रतिनिधि परिवार करिव एक हजार जनाको भेलाका वीच चुम्मालुङ गाडिएको थियो ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ६ : ४६ बजे

राजनीतिलाई अपराधीकरणले गाँजेको छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले राजनीतिभित्र अपराधिकरण

‘कम्पनी–कम्पनीको लडाइँले ड्राइभिङ लाइसेन्स छपाइ हुन पाएन’

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स छपाइ र

गगन थापा भन्छन्- आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानुहुँदैन

काठमाडौं–  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा

चीनद्वारा फ्रान्सको सहकार्यमा नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी– चीनले फ्रान्ससँगको सहकार्यमा शनिबार नयाँ खगोलीय उपग्रह प्रक्षेपण गरेको

कोशी प्रदेशसभाबाट विनियोजन विधेयक बहुमतले पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ र अर्थसम्बन्धी