डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने ६१ उद्योग (सूचीसहित) | Khabarhub Khabarhub

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने ६१ उद्योग (सूचीसहित)


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट बिजुली प्रयोगबापतको २२ अर्ब २४ करोड ५७ लाख भन्दा बढी बक्यौता रहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार २३९ उद्योगमध्ये १७८ ले प्रिमियमसहित महसुल तिरेको र ६१ उद्योग बाँकी रहेको बताएको छ ।

डेडिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटाको २०८० मङ्सिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड ५७ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय उद्योगीहरूसँग देखिएको विवादबारे आज पत्रकार सम्मेलन मार्फत स्पष्टीकरण दिएका थिए ।

पटक पटक डेडिकेटेड र ट्रंकलाइनबाट बिजुली प्रयोग गरेका उद्योगलाई महसुल भुक्तानीको लागि आग्रह र ताकेता गर्दा समेत बेवास्ता भएपछि कानुनअनुसार लाइन काट्न बाध्य भएको उनको भनाई थियो । प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले बाध्य भएर पुस ६ देखि विद्युत् लाइन विच्छेद गर्न सुरु गरिएको बताए ।

घिसिङका अनुसार आम सर्वसाधारण उपभोक्ताले विगतमा दैनिक रूपमा १७-१८ घण्टासम्मको लोडसेडिङ व्यहोरिरहेको बेला २३९ औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेका थिए ।

२३९ ग्राहकमध्ये १७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइनबापतको प्रिमियमसहितको विद्युत् महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेको पनि उनले बताएका छन् ।

हेर्नुहोस् डेडिकेटेड फिडर-ट्रंक लाईनबाट विद्युत् उपभोग गरेकाहरूको बक्यौता विवरण 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ७ : ४२ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य