डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने ६१ उद्योग (सूचीसहित) « Khabarhub

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने ६१ उद्योग (सूचीसहित)


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट बिजुली प्रयोगबापतको २२ अर्ब २४ करोड ५७ लाख भन्दा बढी बक्यौता रहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार २३९ उद्योगमध्ये १७८ ले प्रिमियमसहित महसुल तिरेको र ६१ उद्योग बाँकी रहेको बताएको छ ।

डेडिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटाको २०८० मङ्सिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड ५७ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय उद्योगीहरूसँग देखिएको विवादबारे आज पत्रकार सम्मेलन मार्फत स्पष्टीकरण दिएका थिए ।

पटक पटक डेडिकेटेड र ट्रंकलाइनबाट बिजुली प्रयोग गरेका उद्योगलाई महसुल भुक्तानीको लागि आग्रह र ताकेता गर्दा समेत बेवास्ता भएपछि कानुनअनुसार लाइन काट्न बाध्य भएको उनको भनाई थियो । प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले बाध्य भएर पुस ६ देखि विद्युत् लाइन विच्छेद गर्न सुरु गरिएको बताए ।

घिसिङका अनुसार आम सर्वसाधारण उपभोक्ताले विगतमा दैनिक रूपमा १७-१८ घण्टासम्मको लोडसेडिङ व्यहोरिरहेको बेला २३९ औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेका थिए ।

२३९ ग्राहकमध्ये १७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइनबापतको प्रिमियमसहितको विद्युत् महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेको पनि उनले बताएका छन् ।

हेर्नुहोस् डेडिकेटेड फिडर-ट्रंक लाईनबाट विद्युत् उपभोग गरेकाहरूको बक्यौता विवरण 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ७ : ४२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी