सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ | Khabarhub Khabarhub

सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलासकुमार दर्लामी काठमाडौंबाट पक्राउ परेका छन् । पोखरामा केन्द्रीय कार्यालय रहेको यस सहकारीले बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ अपचलन गरेको अभियोग छ।

सूर्यदर्शन सहकारी घोटालाको अभियोगमा कोषाध्यक्ष कुमार रम्तेलसहितका केही व्यक्ति पक्राउ परिसकेका छन् भने अध्यक्ष जीबी राईसहित सञ्चालकहरू फरार छन्।

यस सहकारीले पोखरामा मात्रै पनि १ अर्ब ११ करोडभन्दा बढी अपचलन गरेको पोखरा महानगरको सहकारी शाखाले जनाएको छ। सञ्चालकहरू फरार भएपछि बचतकर्ताले आफ्नो रकम फिर्ताका लागि प्रशासन, प्रहरी र राजनीतिक नेतृत्व गुहारिरहेका छन्।

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ११ : ०१ बजे

बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा एक पुरुषलाई फाँसी दिइयो

एजेनसी – इरानले एक बालिकामाथि बलात्कार र हत्या गरेको अभियोगमा

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल