राष्ट्रपति चुनावले चर्चामा सत्ता गठबन्धनको भविष्य | Khabarhub Khabarhub

राष्ट्रपति चुनावले चर्चामा सत्ता गठबन्धनको भविष्य

सत्तामा एमाले रहन्छ कि कांग्रेस पनि भित्रिन्छ ?


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : माओवादीले स्पष्ट रुपमा राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने निर्णय गरेपछि सत्ता गठबन्धनको भविष्यका विषयमा अनेक चर्चा र अनुमान सुरु भएका छन् । एमालेबाट दुई कार्यकाल राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले पदीय मर्यादा र संविधानको रक्षा गर्न नसक्दा यतिबेला आगामी राष्ट्रपतिबारे बहस र छलफल सुरु भएको हो ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्नुपर्ने बताइरहेपछि त्यसबाट एमाले सबैभन्दा धेरै झस्केको छ । प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा नै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पद एमालेले पाउनुपर्ने माग राखेका थिए ।

त्यसमा प्रचण्डको समर्थन पनि थियो । माओवादीले प्रधानमन्त्री पद लिँदा सभामुख र राष्ट्रपति पद एमालेले लिने आन्तरिक सहमति थियो । तर प्रधानमन्त्रीमा प्रचण्डलाई कांग्रेसले समेत विश्वासको मत दिएपछि एमाले र माओवादीको सत्ता गठबन्धन धरापमा परेको थियो ।

एमालेले सभामुख पद पाइसक्दा प्रधानमन्त्री प्रचण्ड कांग्रेसबाट राष्ट्रपति बनाउन चाहन्छन् । यसका लागि उनले राष्ट्रिय सहमतिको एजेन्डा अघि सारेका छन् । एमाले सभामुख, माओवादी प्रधानमन्त्री र कांग्रेस राष्ट्रपति पदमा सहमति गर्न सकेको खण्डमा जनतामा राम्रो सन्देश जाने माओवादी बुझाई छ ।

यसले दलहरुको भागबण्डा तथा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले मिलेर नै सरकार चलाउने अवस्थाको सिर्जना गर्नेतर्फ पनि प्रचण्डको ध्यान गएको बुझ्न सकिन्छ । यसले दुई वटा सत्ता स्वार्थ पनि एकसाथ देखाउँछ ।

माओवादी र कांग्रेस मिलेर चुनावमा गएका थिए । चुनावमा दुवै पार्टीले सोचेअनुसारको सिट जित्न सकेनन् । तर एमाले नेतृत्वमा रहेको सरकारले दुई पटक संसद् विघटन गर्दा त्यसले संविधानलाई गरेको असरविरुद्ध दुवै पार्टी चुनावसम्मै पुगेर सहकार्य गरेका थिए ।

तर प्रचण्डको प्रधानमन्त्री स्वार्थले एमाले सत्तामा पुग्यो । कांग्रेस प्रतिपक्षी बन्यो । अहिले एमाले प्रचण्डका अगाडि केही धैर्य गरेर सत्तामा रहन संघर्ष गरिरहेको छ । तर दुई दुई पटक संसद विघटन गरेर संविधानमै कुठाराघात गर्ने ओली प्रवृत्तिप्रति प्रचण्ड इमान्दार हुन सकिरहेका छैनन् ।

यसकारण उनले कांग्रेसलाई ‘ब्याकअप’का रुपमा राखेको देखिन्छ । राष्ट्रपति चुनावमा कांग्रेसलाई सहयोग गर्ने बचन दिएरै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेको आशंका पनि छ । जसको ठूलो प्रमाण माओवादीले आफ्नै पार्टीको बैठकबाट पुष्टि पनि गरेको छ ।

अब यसले सत्ता गठबन्धनमा एमाले रहन्छ कि कांग्रेस भित्रिन्छ ? भन्ने नयाँ प्रश्न जन्माएको छ । राष्ट्रपति चुनावमा माओवादीले जसलाई भोट हाल्छ, उसैले राष्ट्रपति पद पाउने सम्भावना पनि व्यापक छ । राष्ट्रिय सहमतिको सदुपयोग नै राष्ट्रपतिको चुनावले देखाउनेछ भन्नेमा आशंका छैन ।

यसर्थ पनि राष्ट्रपतिको चुनावमा सत्ता गठबन्धनको भविष्यसँगै सहयात्री दलहरुको पनि टुंगो लाग्ने देखिन्छ । त्यसमा एमालेले कुन हदसम्म त्याग र समर्पण देखाउँछ वा कांग्रेसले कतिसम्म सत्ताका लागि लुछाचुडी गर्छ भन्ने दृश्य पनि सतहमा आउनेछन् ।

एमाले र कांग्रेससँग मिलेर आफ्नो अस्तित्व जोगाउने माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको राजनीतिक चरित्र पनि फेरि एकपटक नेपाली नागरिकसामू छर्लंग हुनेछ । त्यसैले राष्ट्रपति चुनाव प्रतीक्षाको विषय मात्रै होइन, दलका नेता तथा जनप्रतिनिधिका लागि अग्निपरीक्षा मानिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १ : ५२ बजे

आगामी निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न प्रधानमन्त्री कार्कीको आह्वान

काठमाडौं–प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई

यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन

छठ पर्वले राष्ट्रिय अखण्डताको सूत्रलाई बलियो बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले

पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

काठमाडौं – सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि