गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठान बनाइनेछ : प्रधानमन्त्री प्रचण्ड  « Khabarhub

गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठान बनाइनेछ : प्रधानमन्त्री प्रचण्ड 


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने बताएका छन्।

आइतबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ। यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिनेछ। तपाईंहरू पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् यसको प्रक्रिया बुझ्नुस्। सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिवद्ध छ।’

उनले गंगालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताए। ‘गंगालाल हृदय केन्द्र देशभरिका नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित भएको छ। जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन्। यसका लागि तपाईंहरू धन्यवादको पात्र हुनुहुन्छ। यसले आम रूपमा जनताको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई प्रमाणित गर्दछ,’ प्रधानमन्त्रीले भने, ‘यो केन्द्र केवल स्वास्थ्य केन्द्र मात्रै होइन, यसको नामले नै केन्द्रको औचित्य प्रमाणित गर्दछ।  शहीद गंगालाल हामी सबैले सम्मान गर्ने नाम हो। तानाशाहीविरोधी, निरंकुशताविरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तित्वको नाममा स्थापित हुनुको नाताले यस केन्द्रको भूमिका मुटुरोगका साथै लोकतन्त्रको सद्धृढीकरण र सामाजिक न्यायसँग पनि जोडिएको छ। बिपन्न वर्गलाई सहज स्वास्थ्य सेवा प्रवाह गरेर यहाँहरूले लोकतन्त्र र सामाजिक न्यायप्रतिको भूमिका पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’

प्रधानमन्त्री प्रचण्डले थपे, ‘हामीले निकै मिहेनत गरेर नयाँ संविधान जारी गरेका छौँ। संविधानमा सामाजिक न्याय र समानतालाई उच्च महत्व दिइएको छ। संविधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा लिपिवद्ध गरिएको छ। तर, ती मौलिक हक कार्यान्वयन गर्ने प्रयोजनका लागि कानुनहरू बनाउन बाँकी नै छ। नेपाल सरकार संविधानले परिकल्पना गरेअनुसारका नयाँ ऐनहरू यथाशीघ्र संसदमा पेस गर्ने प्रक्रियामा छ। तपाईहरूसामु म यो विश्वास दिलाउन चाहन्छु।’

आफ्नो दोस्रो प्रधानमन्त्रीकाल स्वास्थ्य क्षेत्रको विकासका निम्ति महत्वपूर्ण रहेको बताउँदै उनले उक्त कार्यकालमा स्वास्थ्य बिबमा लागू गरिएको जानकारी दिए।  ‘उक्त कार्यकालमा विभिन्न प्राणघातक रोगको उपचारमा जनतालाई राज्यले सहयोग गर्ने प्रबन्ध गरियो। प्रत्येक स्थानीय तहमा आधुनिक अस्पताल निर्माणको निर्णय लिइयो। स्वास्थ्य सेवालाई देशैभरि बिस्तार गरियो। मेरो तेस्रो कार्यकालमा सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित प्रदेश अस्पतालहरू निर्माण गरिनेछ। त्यसमा मुटुरोगको युनिट पनि राखिनेछ।’

प्रधानमन्त्री प्रचण्डले आफू चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्री बनेको बताए। उनले भने, ‘अर्थतन्त्रको स्थिति तपार्इंहरूलाई थाहा नै छ। समाज निरासातिर जाने हो कि भन्नेखालका आशंका छन्। यस्तो परिस्थितिमा मैले सरकारको नेतृत्व गरेको छु। तसर्थ, हामीले देशलाई नयाँ उत्साह दिनुपर्नेछ।  शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक रोजगारी, विकास र समृद्धिका क्षेत्रमा केही नयाँ गर्नुछ। यसका लागि तपाईहरूको पनि सहयोग रहने मेरो विश्वास छ।’

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १२ : २५ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र