१७ वर्षपछि हत्या आरोपी पक्राउ | Khabarhub Khabarhub

१७ वर्षपछि हत्या आरोपी पक्राउ


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुरको एक इँटा उद्योगमा भएको हत्याको घटनाका आरोपी १७ वर्षपछि पक्राउ परेका छन् ।

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका–९ ताँथलीस्थित गणेश इँटा उद्योग नजिकैको कुलोछेउ अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका कृष्ण योगीको हत्याको आरोपमा दुई जना पक्राउ परेका हुन् । घटनामा संलग्न एक जना अझै फरार छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं १ स्थायी घर भएका सुकमान भन्ने कान्छाराम तामाङ र सोही स्थान बस्ने बहादुर तामाङ रहेका छन् ।

घटना विवरणानुसार २०६२ माघ ३० गते बिहान तत्कालीन ताँथली गाविस–८ स्थित गणेश इँटा उद्योग नजिकै रहेको कुलो छेउमा ४१ वर्षीय योगी रगतपक्ष भई अचेत अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा थप उपचारका लागि वीर अस्पताल सिफारिस गरिएको थियो । उपचारकै क्रममा योगीको वीर अस्पतालमा मृत्यु भएको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक योगीलाई सोही गणेश इँटा उद्योगका काम गर्ने सुकमान, बहादुर र देवेन्द्र भनिने देव थापाले कुटपिटपछि हत्या गरी फरार भएको भन्ने खुल्न आएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

घटनामा संलग्नको यकीन ठेगाना खुल्न आएपछि प्रहरीले भक्तपुर जिल्ला अदालतको अनुमति लिई पक्राउ पुर्जीसहित प्रहरी वृत्त जगातिका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । योगीका भाञ्जा ईश्वर बस्नेतको किटानी जाहेरीअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  २ : ०८ बजे

नौमती बाजा बजार संस्कृति संरक्षण र आयआर्जन गर्दै दमकका महिला

झापा – झापाको दमक नगरपालिकाका महिला परम्परागत नौमती बाजा बजाउने

अमेरिकी विमानवाहक पोत दक्षिण कोरियामा

सोल – रुससँग सुरक्षा सम्झौता गरेपछि बढेको उत्तर कोरियाली खतरासँग

मधेस प्रदेश : रकमान्तर छानबिन समितिले बुझायो प्रतिवेदन

जनकपुरधाम– मधेश सरकारको आर्थिक वर्ष २०७९/८० मा गरेको रकमान्तरको विषयमा

आजका समाचार : मुख्यसचिव अर्याल स्वत:निलम्बितदेखि सुशील प्याकुरेलले राजदूत पद स्वीकारेनन्

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल लिइरहेको छु

जनकपुरधामको अतिक्रमित वैभव कहिले फिर्ता ?

जनकपुरधाम– मिथिलाको प्राचीन र हाल मधेश प्रदेशको राजधानी जनकपुरधाम ‘५२