रवि लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिने रास्वपाको निर्णय « Khabarhub

रवि लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिने रास्वपाको निर्णय


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।

गत शुक्रबार सर्वोच्च अदालतले प्रक्रिया पुर्‍याएर पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिएको भन्दै लामिछानेको सांसद र उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेसँगै पार्टी सभापतिबाट अगल भएका थिए ।

तर, आइतबार बिहान लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएका थिए । निस्सा बुझाएको केही समयमै उनले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिए ।

त्यसपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले लामिछानेलाई पार्टीको सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ५ : १७ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।