पवित्र भूमि लुम्बिनीमा अपवित्र काम किन ? पर्यटनमन्त्री किराँती « Khabarhub

पवित्र भूमि लुम्बिनीमा अपवित्र काम किन ? पर्यटनमन्त्री किराँती


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पवित्र भूमि लुम्बिनीमा अपवित्र काम किन भनी प्रश्न गरेका छन् । मन्त्रलयमा आज लुम्बिनी विकास कोषका पदाधिकारीसँग ब्रिफिङ लिएपछि निर्देशन दिँदै मन्त्री किराँतीले कोषको व्यवस्थपनका कारण लुम्बिनी बदनाम हुने प्रयास भएको टिप्पणी गरे । राज्यले विश्वास गरेर त्यो क्षेत्रको विकासका लागि पठाएका मान्छेहरूले आफ्नो भूमिका बिर्सन नहुने उनको भनाइ छ ।

पवित्र र धार्मिक पर्यटकीय क्षेत्र आज गौचरन र फोहरले लुम्बिनी भरिएको गुनासो आएको पनि पर्यटनमन्त्रीले बताए । “देश–विदेशबाट मानिसहरूले लुम्बिनीलाई छुट्टै हिसाबले सोचेका हुन्छन् । यो विश्वभरिको बौद्धधर्मावलम्बीहरूको मुटुको ढुकढुकी हो । मुस्लिमहरूले मक्कमदिनालाई के बनाइसके ? लुम्बिनी सफा छैन सयौँ गाईहरू चर्ने गौचरन बनाइएको छ, तर तपाईँहरूले व्यवस्थापनको जिम्मा पाएर यस्तो फोहरैफोहर र धुलैधुलो राख्ने”, उनले भने ।

पर्यटनमन्त्री किराँतीले लुम्बिनीलाई विकासका नाममा मागीखाने भाँडोमात्रै बनाइएको भन्दै उक्त क्षेत्रमा बनेका संरचनाको उपयोग गरिनुपर्ने धारणा राखे । प्रभावकारी कामका लागि नीतिगत समस्या भए सहजीकरण गर्ने भन्दै उनले आगामी दिनमा कार्ययोजनसहित काम गर्न र सोको प्रगति प्रतिवेदन पेस गर्न आग्रह गरे ।

मन्त्री किराँतीले भने, “यो कुनै स्टन्ट होइन, अहिले हामी सुरुमा स्टन्ट देखाएर कर्मचारी सरुवा बढुवा गरेर सस्तो लोकप्रियता कमाउने पक्षमा छैनौँ । कर्मचारीले विगतमा के गरेको छ तर अब आजैदेखि ऊ सुध्रिनुपर्छ । कामको सम्पादन क्षमताको मूल्याङ्कन अब सुरु, भयो अब काम चाहियो ।”

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ५ : ३७ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।