भक्तपुरस्थित राप्रपा नेपालको पार्टी कार्यालयमा चोरी | Khabarhub Khabarhub

भक्तपुरस्थित राप्रपा नेपालको पार्टी कार्यालयमा चोरी


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुरको सल्लाघारीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल भक्तपुर जिल्ला पार्टी कार्यालयबाट शनिबार राति चोरी भएको छ । पार्टी कार्यालयबाट अन्दाजी ३६ हजार रुपैयाँ बराबरको सीजी कम्पनीको एक थान ३२ इन्चको टिभी चोरी भएको भक्तपुर प्रहरीले जनाएको छ ।

भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी कटुञ्जे चोकस्थित बलराम थापाको तीनतल्ले घरको दोश्रो तल्लामा रहेका तीन वटा कोठाको ताला फोडेर चोरी भएको परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए । उनका अनुसार रातको समयमा मूल ढोका खुल्ला रहेको थियो ।

उक्त स्थानमा महानगरीय प्रहरी बृत जगाती भक्तपुरबाट प्रहरी निरीक्षक सुन्दर चौलागाईको कमाण्डमा टोली खटिइ अनुसन्धान भएको जनाइएको छ । चोरी गर्ने व्यक्ति हालसम्म फरार छन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ७ : ४६ बजे

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव

शीतल र न्यानो दिने एसीका अनेक बेफाइदा !

काठमाडौं – अहिले जलवायु परिवर्तनका कारण विश्वभर नै तापक्रम बढिरहेको

टी-२० को अलराउन्डर वरीयतामा छैटौं स्थानमा उक्लिए दिपेन्द्र 

काठमाडौं– क्रिकेटर दिपेन्द्र सिंह ऐरी पुरुष टी-२० मा अलराउण्डरको आईसीसी

नाउपा निकट पत्रकारको संगठन गठन, अध्यक्षमा दानी 

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी निकट पत्रकारहरूको संगठन गठन भएको छ

पुटिन र किमबीच दुई घण्टा लामो वार्ता : युक्रेनमाथि रुसी आक्रमणको समर्थन

प्योङयाङ- रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम