आज चैतेदशैं पर्व मनाइँदै | Khabarhub Khabarhub

आज चैतेदशैं पर्व मनाइँदै


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं । हरेक वर्ष यस दिन नवदुर्गा एवं शक्तिस्वरूपा भगवतीको पूजाआराधना गरी मनाइन्छ ।

चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्। वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ।

संस्कृतिविदहरुका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्तप्रायः छन् । तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू छन् । यी दशैंहरुमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको संस्कृतिविद् विनोदराज शर्मा बताउँछन् ।

चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ। यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।

काठमाडौँमा गुह्येश्वरी, भद्रकाली, शोभाभगवती, नक्सालभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेमा पलाञ्चोक भगवती,गोरखामा मनकामनालगायत शक्त्तिपीठमा बिहानैदेखि घुइँचो लागेको छ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : १८ बजे

गण्डकीमा बाँदर प्रकोप नियन्त्रण गर्न कृषि हेरालो

गण्डकी – गण्डकी प्रदेश सरकारले बाँदर प्रकोप नियन्त्रणका लागि कृषि

व्यास नगरपालिकाको पुनः मतगणना स्थगित

तनहुँ – तनहुँको व्यास नगरपालिकाको प्रमुखका पुनःमतगणना स्थगित भएको छ

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने अनुमान

सुदूरपश्चिम – चालु आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशको कूल

सुडानको अल–फाशरमा भएको झडपमा २२० भन्दा बढीको मृत्यु

खार्तुम – सुडानको अल–फाशरमा भएको झडपमा दुई सय २० भन्दा

राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि दीपक कालीराजलाई

काठमाडौं – राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम