सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै « Khabarhub

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सुरु हुँदैछ।

उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने परम्परा छ। सोहीअनुसार आज साँझ ५ बजे जमलको तीनधाराबाट तानेर शहरका विभिन्न स्थान परिक्रमा गर्दै भोटाहिटीसम्म पुर्‍याइने रथजात्रा मुल व्यवस्थापन समितिले जनाएको छ।

सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । पहिलो दिन महिलाले मात्रै रथ तान्नेछन्। रथलाई भोलि असनसम्म र पर्सि तेस्रो दिन मरुहिटी र जैसीदेवल हुँदै लगनटोल पुर्‍याइनेछ ।

अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीनपटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ। सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ्य र दीर्घायु प्राप्त हुने विश्वास छ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : १५ बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार