गठबन्धनको साझा उम्मेदवार बन्दै उपेन्द्र « Khabarhub

गठबन्धनको साझा उम्मेदवार बन्दै उपेन्द्र


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्ने तयारीमा छन् ।

यसअघि जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित यादव उपचुनाव जितेर संसदमा आउने तयारीमा छन्। उनले अबको केही दिनमै उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने उनको रणनीति छ।

उनीसँग भिड्न नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश गरेर बुधबार  उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो जित निश्चित रहेको बताए।

गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुशवाहा बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार थिए । तर उनी तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए ।

यसपटक माओवादी केन्द्रले यादवलाई सघाउने भए पछि कुशवाहा जनमत पार्टीमा प्रवेश गरेर  चुनावमा होमिएका हुन्।

आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १ : १८ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी