बारा–२ उपनिर्वाचन : शिवचन्द्र कुशवाहाको उम्मेदवारी घोषणा « Khabarhub

बारा–२ उपनिर्वाचन : शिवचन्द्र कुशवाहाको उम्मेदवारी घोषणा


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिवचन्द्र कुशवाहाले डा.सिके राउत नेतृत्वको जनमत पार्टीबाट उपचुनाव लड्ने भएका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी कुशवाहाले उम्मेदवारी घोषणा गरेका हुन्।

उनी आजै माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरेका हुन् । यसअघि कुशवाहा बारा २ मा माओवादी–कांग्रेसको गठबन्धनबाट चुनाव लडेका थिए । उनलाई जसपाका रामसहाय यादवले पराजित भएका थिए ।

यसपटक माओवादी केन्द्रले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएपछि कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका हुन्।

उम्मेदवारी घोषणा गर्न आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा.राउतले लोकतन्त्रको रक्षाका लागि कुशावाहालाई उम्मेदवार बनाएको बताए । ‘गठबन्धनले जालझेल गरिरहेको छ, त्यसलाई चिर्नका लागि जनमत पार्टीबाट शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएका छौं’ उनले भनेका छन् ।

उनले अन्य साना वैकल्पिक शक्तिहरुले पनि जनमत पार्टीका उम्मेदवार कुशवाहालाई सहयोग गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १२ : ४८ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले