किसानलाई कृषि मिटर « Khabarhub

किसानलाई कृषि मिटर


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीको चन्द्र नगर गाउँपालिकाले गाउँपालिकाभित्रका किसानलाई कृषि मिटर उपलब्ध गराउने भएको छ । किसानलाई खेती गर्न सहज बनाउँदै आधुनिकतातर्फ लैजाने उद्देश्यले विद्युत् प्राधिकरणसँग समन्वय गरी कृषि मिटर जडान गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए ।

विद्युत् मिटरका लागि पालिकाभित्रका किसानले मलङ्गवासम्म धाउँदा समय, खर्च र हैरानी व्यहोर्नुपर्ने अवस्था रहेकामा मिटर जडान गरिएपछि उक्त समस्या समाधान हुने चन्द्र नगर गाउँपालिका–७ का किसान शिवकृष्ण कुर्मीले बताए ।

विद्युत् प्राधिकरण वितरण केन्द्र मङ्गलवाले कहिले यो मिलेन कहिले त्यो कागज मिलेन भनेर दुःख दिने गरेको बताउँदै किसान रजाउल मन्सुरले एउटा काम गराउन महिनौँ कुर्नुपर्ने अवस्था अब अन्त्य हुने बताए ।  पालिकाले विद्युत् प्राधिकरणसँग समन्वय गरी विद्युत् महसुल पालिकाले नै तिरिदिने गरी मिटर जडान गर्ने योजना बनाइएको गाउँपालिका उपाध्यक्ष गीतादेवी महतोले बताइन् ।

मिटर जडान गर्न मिटर आवेदन फारम भर्ने र पेस गर्ने, फारम रुजु गर्ने, स्वीकृत गर्ने, मिटर खर्च भौचर भर्ने, मिटर दस्तुर बुझ्ने, मिटरको लगत कायम गर्ने, मिटर जडान गरी बत्ती बाल्नेलगायत सबै चरणको काम सुरु भइसकेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलङ्गवाका प्रमुख उमेश यादवले जानकारी दिए ।

सात वडामा करिब ३८ हजार जनसङ्ख्या रहेको छ । यहाँका अधिकांश नागरिक कृषि पेसामा आबद्ध रहेका गाउँपालिकाको कृषि शाखाले जनाएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा कृषि विद्युतीकरण र किसानको बिल भुक्तानीका लागि गाउँपालिकाले एक करोड ४० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङले बताए ।

उनका अनुसार गएको पुस २९ मा सम्पन्न भएको १२औँ गाउँसभा बैठकबाट पालिकाभरिका किसानले सिँचाइ गर्दा उठेको महसुल पालिकाले तिरिदिने निर्णय गरेको थियो । यस क्षेत्रमा धान, मकै, गहुँलगायत तरकारी खेती पनि व्यावसायिक रूपमा हुने गरेको कृषि शाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  २ : ४२ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा