राजनीति

राप्रपाद्वारा कोशी प्रदेश नामाङ्करणको विरोधमा जारी आन्दोलनबारे सरकारको धारणा माग

By खबरहब

March 29, 2023

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेश नामाङ्करणको विरोधमा भइरहेको आन्दोलनको बारेमा सरकारको धारणा माग गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी प्रदेश नामाकरणका विषयमा द्वन्द्व सुरु भएको भन्दै यस विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

उनले कोशी प्रदेश नामाङ्करणमा भइरहेको विरोधमा जारी प्रदर्शनलाई सरकारले अनदेखा गरिरहेको र गम्भीरतापूर्वक नलिदा अप्रिय घटना हुनसक्ने भनिरहेको अवस्थामा अहिले त्यही कुरा पूर्वमा देखिन थालेको जिकिर गरे ।

त्यस्तै लिङ्देनले मिटरब्याजी पीडितको धर्नालाई समर्थन जनाउन जाँदा आफ्ना नेता ज्ञानेन्द्र शाहीलाई सत्ता पक्षका कार्यकर्ताले दुर्व्यवहार गरेको आरोप लगाए ।

उनले मिटरब्याजीको समस्या समाधानमा ढिलासुस्ती नगर्न सरकारको ध्यानाकर्षण गराए ।