सरकारले दिएको इन्डक्सन चुलोले विद्यार्थीलाई राहत « Khabarhub

सरकारले दिएको इन्डक्सन चुलोले विद्यार्थीलाई राहत


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सरकारले जेहेन्दार तथा दुर्गम क्षेत्रबाट काठमाडौँ आएर भाडामा बसेका सरकारी तथा सामुदायिक शिक्षण संस्थामा स्नातक तथा स्नातकोत्तर तहका अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरेर इन्डक्सन चुलो वितरण गरेको छ ।

नेपाल वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नयाँ बानेश्वरमा उक्त इन्डक्सन चुलो माघ २० गते विद्यार्थीलाइ दिएको थियो ।

अहिले देशमा आर्थिक मन्दी र तरलताको अभाव भइरहेको बेला ग्यासको भाउ आकासिँदा विद्युतीय चुलोको प्रयोगले विद्यार्थीको जीवनमा निकै परिवर्तन आएको छ ।

सरकारले छात्रवृत्ति स्वरुप दिएको यो इलेक्ट्रोनिक चुलो काठमाडौँ उपत्यकामा निकै प्रभावकारी बनेको छ ।

यसरी सरकारले नै निःशुल्क दिएको विद्युतीय चुलोले विद्यार्थीमा उत्साह र हौसला र राज्यद्वारा अभिभावकत्व निर्वाह गरेको भान विद्यार्थीहरुमा पर्न गएको छ ।

‘सरकारले दिएको यो चुलोले हाम्रो ग्यासको पैसा बचाएको छ अब यो पैसा पढाइको काममा लगाउन सकिने भयो ।’ कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी कुशुम गौतमले भनिन्, ‘यो चुलोले हामीजस्तो गाउँबाट आएर भाडामा बस्नेको लागि सजिलो भएको छ ।’

विद्यार्थीको आवश्यकतालाई बुझेर छात्रवृत्तिमा सरकारले विद्युतीय चुलो दिन थालेको हो ।

‘अहिलेको परिस्थितिअनुसार, समयको मागअनुसार विद्युतीय चुलो पाएका छौँ । यो गौरवको कुरा हो ।’ सोही क्याम्पसमा अध्ययनरत अर्का विद्यार्थी प्रेमराज रेग्मीले बताए ।

साथै अन्य विद्यार्थीहरु अर्चना केसी, अञ्जली बस्नेत लगायतले पनि इन्डक्सन चुलो पाएकोमा सरकार तथा विद्युत प्राधिकरणलाई धन्यवाद दिएका छन् ।

अहिलेको अवस्थामा चारैतिर महङ्गी बढिरहेको अवस्थामा इन्डक्सन चुलोबाट विद्यार्थीले राहतको महसुस गरेका छन् ।

काठमाडौँ उपत्यकाका २ हजार ८ सय ६५ जनालाई इन्डक्सन चुलो दिइएको छ ।

विभिन्न दुर्गम जिल्लाबाट काठमाडौँमा आएर पढ्नेको लागि राज्यले दिएको यो सहयोग निकै महत्वपूर्ण रहेको लाभग्राहीले जनाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ४ : ३८ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका