कर्णालीका मुख्यमन्त्री शर्माले चैत १७ गते विश्वासको मत लिने « Khabarhub

कर्णालीका मुख्यमन्त्री शर्माले चैत १७ गते विश्वासको मत लिने


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आगामी चैत १७ गते  दोस्रो पटक विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिएपछि पुन चैत १७ गते विश्वासको मत लिन लागेका हुन् ।

उनले आज कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले  बताए । प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था भएबमोजिम चैत १७ गते विश्वासको मत लिने करिब निश्चित देखिएको हो ।

मुख्यमन्त्री शर्माद्वारा दर्ता भएको पत्रमा संविधानको धारा १८८ को उपधारा दुई बमोजिम प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले चैत १७ गते उक्त व्यवस्था मिलाई दिन अनुरोध गरिएको छ ।

कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन् । केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीमा के होला ? भन्ने चिन्ता र चासो बढ्न थालेको छ । यहाँ नेकपा एमालेले भने समर्थन फिर्ता लिएको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ४ : ५० बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज