गाेलबजारका मेयरमाथि मोबिल छ्याप्नेलाई कडा कारबाही गर्न माग « Khabarhub

गाेलबजारका मेयरमाथि मोबिल छ्याप्नेलाई कडा कारबाही गर्न माग


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिरहा-  गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्याप्ने कार्यमा संलग्नहरूलाई कडा कारबाहीको माग गरेको छ ।

गत मंगलबार अपराह्न मेयर श्रेष्ठमाथि विभिन्न आरोप लगाउँदै मोबिल छ्याप्ने समूहलाई तत्काल पक्राउ गरी कडा कारबाहीको लागि आज नगरपालिकाले पत्रकार सम्मेलन गरी सो माग गरेको हो ।

मेयर श्रेष्ठले तत्काल घटनाका दोषीहरूलाई पक्राउ गरी प्रहरीले कारबाही नगरे अझै ठूलो आन्दोलन हुने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा मेयर श्रेष्ठले भने, ‘हामी प्रहरीले घटनामा संलग्नहरूलाई तत्काल प्रहरीले पक्राउ गरी कारबाही गरोस् भन्नेमा छौँ,  हामी आज नै उनीहरुविरुद्ध उजुरी दर्ता गराउँदै छौँ ।’

म‍‌ंगलबार नेपाल कम्युनिस्ट पार्टी बहुमतले लघुवित्तमार्फत गरिब जनताको उठीबास लगाएको, मिटरब्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा एक करोड ५२ लाख ब्रम्हलुट गरेको तथा गोलबजार १ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानिक तरिकाले नदिको दोहन गरेको, अन्यायपूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको र सो पार्टीका नेता कार्यकर्ता विरुद्ध सुराकी गरेको थप आरोप पनि बहुमतको छ ।

तर, मेयर श्रेष्ठले भने त्यसको प्रतिवाद गरेका छन्  । ‘बजार ठेक्काको रकम, नदिबाट उठेको रकम नगरपालिकामा जम्मा नभएको र त्यसबारे आफूले पटक पटक ताकेता र आवाज उठाउँदै  आएको छु,’ उनले भने । आफू मिटरब्याज पीडितको पक्षमा रहेको र हाल नेपालमा कुनै पार्टी भूमिगत नभएको र उनीहरू प्रति सुराकी गर्न जरुरी नै नरहेको उनको भनाइ छ ।

मेयर श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी बहुमतले लगाएको आरोप पार्टीका उच्च पदस्थ नेताहरूलाई प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । उनले भने, ‘म पनि राजनीतिक गरेर आएकै व्यक्ति हुँ, उनीहरूले लगाएको कुनै एउटा आरोप सत्य साबित गरेर देखाउन उहाँहरूलाई मेरो चुनौती छ ।’

मेयर श्रेष्ठमाथि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एक जना अपरिचित व्यक्तिले केही कागजहरू दिएजस्तो गरिरहेकै बेला सँगै आएका अर्को व्यक्तिले मेयर श्रेष्ठ माथि मोबिल खन्याएका थिए । सो घटनापछि आज बिहान नेकपा एमालेका कार्यकर्ताले नाराबाजी गर्दै एक घण्टाभन्दा बढी पूर्व पश्चिम राजमार्गको गोलबजारमा सडक अवरुद्ध गरेका छन् । प्रहरीले बल प्रयोग गरी बाटो खुलाएको छ ।

फरार रहेकाहरूलाई खोज तलास गरिरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक शंकर चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ५ : ०५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग