शून्य समय : विभिन्न दलका सांसदद्वारा जनताका समस्याबारे सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

शून्य समय : विभिन्न दलका सांसदद्वारा जनताका समस्याबारे सरकारको ध्यानाकर्षण


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरूले मिटरब्याज पीडितको मागको सम्बोधन, नागरिकता विधेयक र सडक निर्माण लगायतका जनताका दैनिक जनजीवनसँग सम्बन्धित विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नागरिकता विधेयक तत्काल पास गर्न माग गरे । नेपाली नागरिकको बा आमाबाट जन्मेका सन्तानले नागरिकता पाउने संवैधानिक हकका बाबजुद धेरैले नागरिकता पाउन नसकेका उनले बताए । सांसद थापाले भने, ‘आफूहरूबीचको विमतिलाई थाती राखेर जन्मसिद्ध नागरिकता र आमाको नाममा नागरिकता पाउने व्यवस्थालाई ध्यानमा राखेर नागरिकता विधेयक पास गर्नुपर्छ ।’

यस्तै, अर्का सांसद अमरेशकुमार सिंहले मिटरब्याज पीडितको माग पूरा गर्न माग गरे । भने, ‘मिटरब्याज पीडितहरू राज्यको ऐना हो, राज्य कसरी सञ्चालन भइरहेको छ भन्ने ।’ सरकारको गम्भीर ध्यानाकर्षण नभएका कारण मिटरब्याजको समस्या पटक–पटक दोहोरिएको सांसद सिंहको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद अमरबहादुर थापाले दैलेख जिल्लामा २०७२ र २०७९ सालमा भएको प्राकृतिक प्रकोपले क्षति पुगेका बस्ती पुनः स्थापना र व्यवस्थापन हुन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । शून्य समयमा बोल्दै नेकपा (एमाले) का सांसद अमरबहादुर रायमाझीले उदयपुर जिल्लाको कटारी लगायतका स्थानमा नापीको काम यथाशीघ्र सुरु गर्न माग गरे ।

नेकपा (एमाले) का सांसद अमृतलाल राजवंशीले झापाका किसान र पशुपालन व्यवसायीले आफ्नो उत्पादन र उपजको उचित मूल्य पाउन नसकेकोप्रति ध्यानाकर्षण गराए । नेकपा (एमाले) का सांसद अमृता अग्रहरिले कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गरिन् । उनले तिलौराकोटले हजारौँ वर्षको ऐतिहासिक महत्त्व बोकेको भन्दै विश्व सम्पदा सूचीमा राख्नुपर्ने बताइन् ।

नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले राष्ट्रिय तामाङ सङ्ग्रहालय निर्माणको माग गरे । सांसद अशोककुमार चौधरीले सुनसरीको विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेको सडकको मर्मत सम्भार र निर्माणमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (एमाले) की सांसद अस्माकुमारी चौधरीले दाङ घोराही उपमहानगरपालिकाका बस्ती वर्षा याममा बाढीको जोखिममा रहेको भन्दै ध्यानाकर्षण गराइन् । उनले तटबन्ध निर्माण र बस्ती व्यवस्थापनमानसमेत ध्यानाकर्षण गराइन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम साहले एक महिनादेखि मन्त्रालय मन्त्रीविहीन भएको भन्दै मन्त्रिमण्डल विस्तार तत्काल हुनुपर्ने बताए ।

नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले दोलखाका विभिन्न स्थानमा बन्द भएको स्लेट ढुङ्गा खानी तत्काल सञ्चालन गर्न माग गरे । नेकपा (एमाले) का अर्का सांसद ईश्वरी घर्तीले रोल्पामा चिकित्सकको अभावमा जनताले महँगो शुल्कमा उपचार गर्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले उपचारका लागि केन्द्र धाउन पर्ने बाध्यताको अन्त्य गर्न विशेषज्ञ चिकित्सकको दरबन्दीका लागि माग गरिन् । जिल्लाका स्वास्थ्य स्वयंसेविकाले राज्यबाट सेवा सुविधा नपाएकोसमेत सदनलाई उनले जानकारी दिइन् ।

नेकपा (एमाले)का सांसद महेश बर्तौलाले संसदमा पटक –पटक संसद्को नियम उल्लङ्घन भएको भन्दै नियमापत्ति जनाए । नेकपा (एमाले) का सांसद एकनाथ ढकालले राष्ट्रिय गौरबका योजनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै बुढीगण्डकी जलविद्युत् आयोजनालाई अन्यौलतर्फ नधकेल्न माग गरे ।

नेपाली कांग्रेसकी सांसद कल्पना चौधरीले ठूलो सङ्ख्यामा युवा जनशक्ति बेरोजगार भएको चर्चा गरिन् ।  नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले विकट स्थानका विद्यार्थीको खाजा खर्च बढाउन माग गरिन् । कांग्रेसका सांसद सुमदेवी थापाले रुकुमपूर्वको सदरमुकाम २०७४ सालमा तोकिएको नयाँ सदरमुकाम सञ्चालनतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन् ।

नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले चीन सरकारको सहयोगमा निर्माण भएको चक्रपथ अलपत्र अवस्थामा भएको भन्दै मर्मत सुधारको नाममा अलपत्र नपार्न माग गरे ।

नेकपा (माओवादी केन्द्र) का संसद् गङ्गा कार्कीले दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा पाँचमा रहेका थामी बस्ती जोखिममा रहेको भन्दै सरकारले यसतर्फ ध्यान दिन जरुरी रहेको बताइन् ।

नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले कमैया प्रथाको मुक्तिको घोषणा गरेर कानुन निर्माण गरे पनि पुनः स्थापना हुन नसकेको बताए । उनले सरकारले आश्वासन मात्र बाँडेको उनले जानकारी दिइन् ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले धनगढी उपमहानगरपालिकामा छ महिनादेखि स्वास्थ्यकर्मीले पारिश्रमिक नपाएको बताए । नेकपा (माओवादी केन्द्र) का सांसद छिरिङ डम्डलु लामा (भोटे) ले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडन माग गरे । उनले राष्ट्रिय प्रसारण लाइन जोड्न र पर्यटकीय गन्तव्यको रूपमा हुम्ला जिल्लाको विकास गर्नसमेत माग गरे ।

नेकपा (माओवादी केन्द्र) का सांसद छिरिङ ल्हामु लामाले संघीय कर्मचारी ऐनको अभावमा कर्मचारी व्यवस्थापन र वृत्ति विकासमा भद्रगोल भएको बताइन् । नेपाली कांग्रेसका सांसद जीवन परियारले देशव्यापी समस्याको रूपमा रहेको मिटरब्याज पीडितहरूको न्यायका लागि तत्काल निर्णय गर्नुपर्ने बताए । उनले मुसहर बस्तीको व्यवस्थापन गर्न समेत माग गरे ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ५ : ३५ बजे

संसद्‍मा बोल्न अनुमति माग्दै गृहमन्त्री रविले पठाए सभामुखलाई पत्र 

काठमाडौं–  संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई उपप्रधान तथा

बागमती प्रदेशमा वैशाख २८ देखि युवा सम्मेलन

मनहरी– बाग्मती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना

व्यक्ति विशेष संसदीय छानबिन समिति असम्भव : सचेतक बर्तौला 

काठमाडौं –नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले व्यक्ति विशेष

पर्यटकलाई राम्रो होटल मिलाइदिन्छु भन्दै बार्गेनिङ गरी दुःख दिएको आरोपमा पाँच जना पक्राउ

पोखरा– पोखरामा सर्वसाधारण नागरिक तथा पर्यटकहरूलाई दुःख हैरानी दिएको अभियोगमा

रविलाई लेखकले भने, ‘राम्रो नेता प्रश्नले घेरिनुहुँदैन, छानबिन समिति बन्नुपर्छ’ 

काठमाडौं–नेपाली कांग्रेसका प्रमुख प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा मुछिएका