खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने « Khabarhub

खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेको खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने भएको छ ।

केही विद्यालयमा दरबन्दीका शिक्षक नै नभएपछि गाउँपालिकाले त्यस्ता विद्यालयमा दरबन्दी भएका शिक्षक पठाउने काम थालेको हो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले तहगत दरबन्दी नभएका एक दर्जन स्कुल रहेको बताए । उनले मावि र निमाविमा दरबन्दी अभाव रहेको जानकारी दिए ।

पालिकाले प्राविका शिक्षक माविको प्रधानाध्यापक रहने परिपाटी पनि अन्त्य गर्ने जनाएको छ । खजुरामा १५ वटा मावि, निमावि चार, प्रावि मदरसासहित ४७ वटा स्कुल छन् ।

माविमा राहतसहित ६७ जना, निमाविमा ४२ र प्राविमा राहतसहित १ सय ५६ दरबन्दी रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ५ : २१ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि