गठबन्धन सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

गठबन्धन सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री प्रचण्ड


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको गठबन्धन सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्ने बताएका छन् ।

काठमाडौँ महानगरपालिकाको आयोजनामा आजदेखि सुरु भएको न्यायिक समिति राष्ट्रिय सम्मेलनमा कामपाको प्रमुख बालेन्द्र बालेन साहले केन्द्र सरकार लामो समय टिकिरहे स्थानीय तहलाई काम गर्न सजिलो हुने भनेपछि प्रधानमन्त्री दाहालले उक्त जवाफ दिएका हुन् ।

प्रधानमन्त्री दाहालले निर्वाचनपछि लगातार आफ्नै नेतृत्वमा सरकार अगाडि बढिरहेको भन्दै उनले पाँच वर्षसम्म सरकार अस्थिर नहुने प्रष्ट पारे ।

प्रधानमन्त्री दाहालले संविधानले परिकल्पना गरेको समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी पनि स्थानीय तहको रहेको उल्लेख गर्दै संविधानको मर्म र भावनअनुरुप समाजवादको आधार तयार पार्नसमेत न्यायिक समितिको महत्वपूर्ण भूमिका रहने बताए ।

नागरिकको मनमा सरकार भन्ने वित्तिकै स्थानीय जनप्रतिनीधि र कर्मचारी अग्रपङ्तिमा आउने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नागरिकलाई अपनत्व बोध गराउनेगरी स्थानीय तह र जनप्रतिनिधिले काम गर्नुपर्ने सुझाव दिए । साथै प्रधानमन्त्री दाहालले संविधान र कानूनको व्यवस्थाबमोजिम काम गर्न सबै स्थानीय तहलाई जनताका काम गर्न आग्रह गरे ।

प्रधानमन्त्रीले न्यायिक समितिमार्फत हुने न्याय निरुपणले सेवाग्राही आर्थिक भारबाट मुक्त हुने, सामाजिक एकता कायम हुने, झनझटमुक्त न्याय प्राप्त हुने हुँदा यसको थप व्यवस्थापको लागि केन्द्र सरकारले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

न्याय सम्पादनमा स्थानीय तहको एकरुपता कायम गर्न, अनुभवको आदानप्रदान गर्न, केन्द्र सरकासँग समन्वय गर्न र समस्याको केन्द्रीकरण र समाधानको साझा प्रयासका लागि यस्ता सम्मेलन थप प्रभावकारी हुने प्रधानमन्त्री दाहालको विश्वास छ ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनताको चाहाना र आवश्यकताअनुसार काम गर्न स्थानीय तहलाई आग्रह गरे । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले सेवाग्रहीलाई सेवा दिने सन्दर्भमा स्थानीय सरकार थप जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

कार्यक्रममा कामपाका प्रमुख साहले स्थानीय तहबाटनै पीडितले न्याय पाउने वातावरण सृजन गर्न सबै न्यायिक समितिलाई शुभकामना दिए ।

कार्यक्रममा न्यायिक समिति संयोजक तथा कामपाको उपप्रमुख सुनिता डङ्गोलले कामपाले देशभरकै स्थानीय तहमा न्यायसम्पादनको अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको जानकारी दिइन् ।

सम्मेलन भोलिसम्म सञ्चालन हुनेछ । सम्मेलनमा देशभरिका करिब पाँच सय ५० जना जनप्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : ०४ बजे

क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न दुई अर्ब ५० करोड लाग्ने

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक तथा

बाढीपहिरो प्रभावितका लागि राहत कोषमा तत्काल रु एक अर्ब उपलब्ध गराइने

काठमाडौं – नेपाल सरकारले हालै आएको बाढीपहिरोबाट प्रभावित जनताको तत्काल

बाढी पहिरोमा परेका मृतकका परिवारलाई दुई लाख दिने सरकारको निर्णय

काठमाडौं – सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही

तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं – सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ

कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्ने

काठमाडौं – नेपाली कांग्रेसले बाढी पहिरो प्रभावित क्षेत्रमा पार्टीका जिल्ला