सेतो मच्छिन्द्रनाथको जात्रा सुरु « Khabarhub

सेतो मच्छिन्द्रनाथको जात्रा सुरु


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेतो मच्छिन्द्रनाथको रथजात्रा बुधबारबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन सेतो मच्छिन्द्रनाथको जात्रा सुरु गर्ने गरिन्छ ।

जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्‍याइन्छ । दोस्रो दिन असनदेखि रथ तानेर हनुमानढोकासम्म लगिन्छ । तेस्रो अथवा अन्तिम दिन हनुमानढोकाबाट लगनसम्म पुर्‍याइन्छ ।

मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ । बुधबारबाट सुरु भएको रथजात्रा ३ दिनमा सम्पन्न हुन्छ । तीनधारा पाठशालाबाट सुरु भएको रथजात्रा जनवहालमा पुगेर सम्पन्न हुन्छ ।

मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ । पानी, सहकाल र दिर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : ०८ बजे

बालबालिकामा देखिने क्यान्सर समयमै उपचार गरे निको हुने सम्भावना उच्च : डब्लुएचओ नेपाल

काठमाडौं-बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरी उपचार गर्न सके निको

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा 

काठमाडौं– ललितपुर महानगरपालिका–१३, मानभवनमा श्वासप्रश्वास सम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि

अफगानिस्तानमा दुई सडक दुर्घटना : ६ जनाको मृत्यु, १४ घाइते

काबुल– अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुई वटा

१३२ केभी प्रसारण लाइनको आजदेखि परीक्षण सुरु

गुल्मी– नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न

ऐरीको अर्धशतक, नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट अलराउन्डर दीपेन्द्रसिंह