खप्तड गोल्डकप : मनाङ फाइनल प्रवेश « Khabarhub

खप्तड गोल्डकप : मनाङ फाइनल प्रवेश


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मनाङ मस्र्याङ्दी क्लब धनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९ फुटबल प्रतियोगिता’ को फाइनलमा प्रवेश गरेको छ ।

आज भएको प्रतिस्पर्धामा क्यामरुनको एभिनियर फुटबल क्लबलाई ०–६ गोलले पराजित गर्दै मानाङ मस्याङ्दी फाइनल प्रवेश गरेको हो । नौ जना खेलाडी समावेश गरेर प्रतिस्पर्धामा उत्रिएको क्यामरुन फुटबल क्लबका दुई खेलाडीले खेल चलिरहँदा रेड कार्ड पाएपछि सात खेलाडीमा सीमित हुन पुगेको थियो । आवश्यक कागजात जुटाउन नसकेपछि क्यामरुनले आफ्ना नौ खेलाडीलाई मात्र प्रतिस्पर्धामा उतारेको थियो ।

मानाङको जितमा सायीजमलले ह्याट्रिक गोल गरे । खेलको १२औँ मिनेटमा मनाङका जीवन गुरुङले गोल गरेका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको मानाङसँग सात खेलाडीमा सीमित हुन पुगेको क्यामरुन एभिनियरले दोस्रो हाफमा थप पाँच गोल खानुप¥यो ।

पहिलो हाफमा फाउल खेलेका क्यामरुनका जोर्डन जुनियर पहेँलो कार्ड पाएका थिए । त्यसको विरोधमा जोर्डन विपक्षी टोली र एमपायरसँग गरेको व्यवहारका कारण रातो कार्ड पाएर बहिरिनुप¥यो । त्यसको केही मिनेटपछि क्यामरुनकै गोलकिपर विल्सनले पनि रातो कार्ड पाएपछि सो क्लब सात जना खेलाडीमा सीमित हुन पुग्यो । खेलको ५४औँ मिनेटमा मनाङका प्रसन्न श्रेष्ठले गोल गरे । ५९औँ, ६७औँ र ७७औँ मिनेटमा सायीजमलले गोल गर्दै ह्याट्रिक गर्न सफल भए । ८१औँ मिनेटमा अनिल गुरुङले मनाङका लागि छौटौँ गोल गरे ।

आजको प्रतियोगिताको ‘म्यान अफ दि म्याच’ घोषित सायीजमल रु १० हजारबाट पुरस्कृत भए । मनाङ मस्र्याङ्दीले यही चैत १८ गते फाइनलमा प्रतिस्पर्धा गर्नेछ । मोफसलमा सर्वाधिक धनराशि पुरस्कारको यो प्रतियोगिताको विजेतालाई रु २१ लाख र उपविजेताले रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : २४ बजे

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ