फरार सांसद कोइरीको बिदा स्वीकृतको निर्णय अर्को अधिवेशनमा  « Khabarhub

फरार सांसद कोइरीको बिदा स्वीकृतको निर्णय अर्को अधिवेशनमा 


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हत्याका अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदाको निर्णय प्रतिनिधिसभाको अर्को अधिवेशनमा हुने भएको छ।

शुक्रबार साँझ बसेको पहिलो अधिवेशनको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले कोइरीको बिरामी बिदासम्बन्धी प्रस्तावमा सांसदहरूले प्रश्न उठाएकाले अर्को बैठकमा कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने जानकारी गराएका थिए।

‘माननीय श्री लक्ष्मी महतो कोइरीका बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधि सभाको आगामी अधिवेशनमा कानून बमोजिम हुने जानकारी गराउँदछु,’ सभामुख घिमिरेले भनेका थिए।

१० दिनसम्म नियमित रूपमा संसद् बैठकमा नआएमा स्वतः पदमुक्त हुने भए पछि सांसद कोइरीले केही दिन आफू बिरामी भएका कारण उपस्थित हुन नसकेको भन्ने पत्र संसद् सचिवालयमा पठाएका थिए। त्यहीअनुसार सभामुख घिमिरेले शुक्रबारको बैठकमा उनीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाएका थिए।

तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गरे। सत्तारुढ दलका सांसदहरूले पनि आपत्ति जनाउँदै उनलाई पक्राउ गर्न माग गरे। जसका कारण संसद् बैठक केही समयका लागि अवरुद्ध भएको थियो।

कोइरीका कारण सत्तारुढ र प्रतिपक्ष बिचमा आरोप प्रत्यारोप भएपछि पुनः सहमतिका आधारमा अर्को अधिवेशनले निर्णय गर्ने गरी सभामुख घिमिरे मन्जुर भएका थिए।

मधेस आन्दोलनका क्रममा महोत्तरीमा असइ थमन विकको हत्याको अभियोगमा सांसद कोइरीमाथि जेल सजाय सुनाइएको छ। सो जेल सजाय सुनाएका कोइरी पक्राउ परेका छैनन्।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १० : १२ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका