किर्ते कागजपत्रमा दोषी एमाले पूर्व सांसद खातुन जेल चलान « Khabarhub

किर्ते कागजपत्रमा दोषी एमाले पूर्व सांसद खातुन जेल चलान


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छन्।

सरकारी कागज किर्ते तथा नक्कल गरेको अभियोगमा जिल्ला अदालत, मोरङ तथा उच्च अदालत विराटनगरको फैसलामा दोषी देखिएकी कोसी प्रदेशका पूर्व सांसद खातुन जेल चलान भएकी हुन्। उनी आफै आत्मसमर्पण गर्न शुक्रबार अदालतमा पुगेकी थिइन्।

जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाले २०७४ वैशाख ३१ गते गरेको फैसला अनुसार सांसद खातुनसहित उनका श्रीमान् शेख शिलबर मियाँ, तत्कालीन गाविस सचिव विजय कामत र दिपचन्द्र मण्डललाई १ वर्ष जेल सजाय तोकिएको छ।

जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरे पनि विराटनगर उच्च अदालतले २०७४ पुस ९ गते जिल्लाको सोही फैसला नै सदर गरिदिएको थियो। सो अदालतले सरकारी कर्मचारी भएका कारण पूर्व गाविस सचिव कामत र मण्डललाई भने २ वर्षको सजाय तोकिदिएको छ।

मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले पूर्व प्रदेश सभा सदस्य खातुन स्वयं उपस्थित हुन आएलगत्तै अदालतले आवश्यक प्रक्रिया पुरा गरी कैद भुक्तानका लागि कारागार पठाएको सुनाए।

तत्कालीन कटहरी गाउँपालिकास्थित मधुसूदनराज पाण्डेको ३ विगाह १० कट्ठा मोही जग्गा हत्याउनका लागि उनले गरेको सरकारी कागजपत्र किर्ते गरेको पछि खुल्न आएको थियो। २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवले सो कागजपत्र किर्ते गराउन भूमिका खेलेको अदालतले ठहर गर्दै जेल सजाय तोकेको हो।

-न्युजकारखानाबाट

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ११ : ५० बजे

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा