सुनिल गिरीको ‘घुम्तीमा जुधेको आँखा’ सार्वजनिक (भिडियो) « Khabarhub

सुनिल गिरीको ‘घुम्तीमा जुधेको आँखा’ सार्वजनिक (भिडियो)


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सुनिल गिरीको घुम्तीमा जुधेको आँखा बोलको सालैजो गीतको भिडियो सार्वजनिक भएको छ । गायक गिरी स्वयंकै शब्द तथा संगीतमा तयार सालैजो गीतमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय रहेको छ ।  

मोडल रोशनसँग गायक गिरीको यो दोस्रो सहकार्य हो । यसअघि गायक गिरीकै बहुचर्चित गीत जुम्ला गीतमा रोशनको अभिनयको चर्चा भएको थियो ।रोमान्टिक शैलीमा तयार पारिएको घुम्तीमा जुधेको आँखा एक प्रेमील जोडीको प्रेम कथा हो ।

जसलाई अनिल कृष्ण मानन्धरले निर्देशन गरेका हुन् भने नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् । मनोज कार्कीको सम्पादन तथा कलरिङ, कृष्ण बिक भान्जाको एरेन्जमा तयार भएको गीतको छायांकन निर्देशक अनिल स्वयंले गरेका हुन् ।

 गायक गिरीकै कन्सेप्टमा तयार भएको भिडियो सुनिल गिरी अफिसियलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १२ : ३० बजे

‘पूर्णबहादुरको सारङ्गी’ टिमकाच तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको